नेकपाले पार्टी केन्द्रीय सदस्य छम सीको निधन भएको नवौं दिन श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेकपा महासचिव विप्लव सीले पार्टीका केन्द्रीय सदस्य छम सीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ जनताको बीचमा सदैव बाँचिरहने बताएका छन् ।
महासचिव विप्लवले छम सी जनयुद्धदेखि जीवनको अन्तिम क्षणसम्म पार्टी र क्रान्तिप्रति इमान्दार र प्रतिबद्ध नेता भएको बताउदै उनको निधनले अपुरणीय क्षति भएको बताए । उनले उनको निष्ठा र कामबाट सबैले सिक्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोस सीले दिवंगत कमरेड छम सीलाई बचाउनका लागी पार्टीले अन्तिमसम्म प्रयत्न गरेको बताउदै उनको निधनले पार्टीलाई क्षति पुगेको बताए । नेकपा पोलिटब्युरो सदस्य बसन्त सी र आजाद सीले दिवंगत छम सीको जीवनी र योगदानबारे चर्चा गरेका थिए । पार्टी केन्द्रीय सदस्य विकिरण सीले दिवंगत छम सीको जीवनी प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सदस्य सरद सीले गरेका थिए । उक्त अवसरमा पार्टीले करिब ५० हजार बराबर रुपैया अक्षयकोषका लागी परिवारलाई हस्तान्तरण गरेको थियो ।
