२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • गर्मी बढेसँगै बुटवलमा मोहीको माग चुलियो,...
समाचार

गर्मी बढेसँगै बुटवलमा मोहीको माग चुलियो, उद्योगीहरू भन्छन् – "माग अनुसार उत्पादन गर्नै मुस्किल"

गर्मी बढेसँगै बुटवलमा मोहीको माग चुलियो, उद्योगीहरू भन्छन् – "माग अनुसार उत्पादन गर्नै मुस्किल"

शनिवार, जेठ ४ २०८२
शनिवार, जेठ ४ २०८२
  • बुटवल, ३ जेठ – गर्मीयामसँगै बुटवलमा मोहीको माग आकस्मिक रूपमा बढेको छ। 

    पछिल्लोपटक विवाह लगाएत शुभ कार्यहरुमा  मोही अनिवार्य जस्तै बनेको छ भने दैनिक उपभोगका लागि समेत  अत्यधिक लोकप्रिय बन्दै गएको छ।

    स्थानीय डेरी उद्योगहरूका अनुसार पछिल्लो समय ग्राहकहरूको आकर्षण मोहीतर्फ बढिरहेको छ। विवाह, ब्रतबन्ध, नामकरण  एवं पार्टीहरुमा  मोही अनिवार्य झैँ भएको छ भने गर्मीका कारण दैनिक उपभोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको उद्योगीहरूको भनाइ छ।

     

    कपिलवस्तुस्थित ग्लोबल डेरीले दैनिक ८ देखि १० हजार लिटर मोही उत्पादन गरिरहेको जानकारी दिएको छ। त्यस्तै, केही महिना अघि मात्रै उत्पादन सुरु गरेको लुम्बिनी विशिष्टिकृत संघले पनि दैनिक करिब १५०० लिटर मोही बजारमा पठाइरहेको छ। भलुहीस्थित शिव गंगा डेरीले ३ हजार लिटर र तिलोत्तमाको लुम्बिनी डेरीले झण्डै २५ सय लिटर मोही उत्पादन गरिरहेको छ।

     

    बुटवलका अन्य साना र मझौला डेरी उद्योगहरूले समेत आफ्नै स्तरमा मोही उत्पादन गरेर बजारमा आपूर्ति गरिरहेका छन्। तर, उत्पादन बढाउँदै जाँदा पनि माग अनुसार पुर्‍याउन मुस्किल परिरहेको व्यवसायीहरू बताउँछन्।

     

    मोहीको महत्त्व – स्वाद, स्वास्थ्य र संस्कृति

     

    मोही केवल परम्परागत पेय मात्र नभई स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक मानिन्छ। यो पाचन प्रणाली सुदृढ बनाउने, शरीरमा नमी कायम राख्ने र गर्मीले हुने थकान तथा डिहाइड्रेसनबाट बचाउने गुण भएको पेय हो। डाक्टरहरूका अनुसार मोहीमा भएको प्राकृतिक इलेक्ट्रोलाइट्स र लैक्टिक एसिडले शरिरलाई चिसो राख्न सहयोग पुर्‍याउँछ।

     

    सांस्कृतिक पक्षमा दही तथा  मोहीलाई पवित्रता र सादगीको प्रतीकका रूपमा लिइन्छ। हिन्दू संस्कार अनुसार शुभ कार्यहरूमा  दही तथा मोही आवश्यक तत्व हो। विभिन्न पर्व तथा चाडहरुमा दही / मोहीको प्रयोग अनिवार्य मानिन्छ।

     

    " मागले उत्पादनलाई दबाबमा ल्यायो "

     

    गर्मी बढेसँगै ग्राहकहरूले चिसो र स्वास्थ्यवर्द्धक विकल्प खोजिरहेका छन्, जसमा मोही सबैभन्दा प्रभावकारी र सस्तो विकल्पका रूपमा देखा परेको छ। ‘हामीले उत्पादन क्षमता बढाएका छौं, तर माग दिनदिनै बढिरहेको छ’, ग्लोबल डेरीका एक प्रतिनिधिले बताए, ‘कहिलेकाहीँ त ग्राहकहरूलाई पर्खन लगाउनु पर्छ।’

     

    बुटवल बजारमा गर्मीको चर्को समयमा मोहीले चिसो महसुस मात्र गराइरहेको छैन, स्वास्थ्य र संस्कृति दुवैको संरक्षण पनि गरिरहेको छ।

     

    मोहीको माग बढेसँगै बजारमा अन्य पेय पदार्थहरुको खपत घटिरहेको छ । बुटवल अमरपथमा रहेको "पर्वत डेरी " कि संचालक रेखा शर्मा भन्छिन् , अहिले पसलबाट  मोही बाहेकका अन्य पेय पदार्थको बिक्री हुनै छाड्यो । 

     

    अहिले साना बालबालिकाहरु समेत मोही प्रति आकर्षित बनेका छन् । उनीहरुको रोजाइमा समेत मोही पर्न थालेको छ । 

     

    यसरी मोहीको माग बढ्दै गर्दा यसले देशको अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्ने छ । किसानले उत्पादन गरेको दुध बिक्री नहुने समस्या समेत हटेको छ भने मोही उत्पादनमा हजारौंले रोजगारी समेत पाएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij