२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • जापानमा अध्ययनरत छात्रा सन्ध्या पौडेलद्वारा तिलोत्तमा...
समाचार

जापानमा अध्ययनरत छात्रा सन्ध्या पौडेलद्वारा तिलोत्तमा गौशालालाई सहयोग

बुधवार, जेठ १ २०८२
बुधवार, जेठ १ २०८२
  •  बुटवल । पर्बत जिल्ला फलेवास नगरपालिका १० कुर्घा घर भइ हाल उच्च शिक्षा अध्ययनको लागि जापान रहेकी सन्ध्या पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको " तिलोत्तमा गौशाला" लाई सहयोग प्रदान गरेकी छन्। 

    आफ्नो जन्म दिनको अवसर पारेर उनले८३४ केजी साइलेज सहयोग गरेकी हुन ।

    विभिन्न सामाजिक कामहरुमा सक्रिय रहने  सन्ध्या पौडेलले यस अघि पनि  आफ्नो जन्म दिनको अवसरमा बुटवल उपमहानगरपालिकाले संचालन गरेको नन्दनी गौशालामा सहयोग गरेकी थिइन् । यस बाहेक उनले आर्थिक अभावले उपचारमा समस्यामा परेका बिरामीहरुलाई  समेत आर्थिक सहयोग गरिरहेकी छन् । 

    यसैबीच सन्ध्या पौडेलले पठाएको सहयोग झण्डै ८३४  केजी साइलेज  , भेली तथा नुन समेत एक कार्यक्रमका बीच पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष  रामकृष्ण शर्माले उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसि तथा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका निवर्तमान अध्यक्ष खिम भट्टराईको रोहवरमा उक्त गौशाला संचालक संस्था इस्कोनका प्रतिनिधिलाई  हस्तान्तरण गरे ।

    उक्त हस्तान्तरण कार्यक्रम अध्यक्ष  शर्माले   छाडा चौपायाहरुको संरक्षणमा स्थानीय तह जिम्मेवार बन्नुपर्ने बताए । बुटवलबाट शुरुआत गरिएको अभियान रुपन्देहीका सबै पालिकाहरुमा पुराउने योजना रहेको अध्यक्ष शर्माले बताए ।

    यसैगरी उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसिले तिलोत्तमा गौशालाको लागि सहयोगको पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

    यसैगरी मानवअधिकार शान्ति समाज रुपन्देहीका निवर्तमान अध्यक्ष खिम भट्टराईले छाडा चौपाया ब्यबस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

    उक्त तिलोत्तमा गौशालामा झण्डै ४०० गाई गोरुहरु रहेका  छन् र यसको व्यवस्थापन धार्मिक संस्था इस्कोनले गरिरहेको छ ।

    जापानमा अध्ययनरत छात्रा सन्ध्या पौडेलद्वारा तिलोत्तमा गौशालालाई सहयोग 

     बुटवल । पर्बत जिल्ला फलेवास नगरपालिका १० कुर्घा घर भइ हाल उच्च शिक्षा अध्ययनको लागि जापान रहेकी सन्ध्या पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको " तिलोत्तमा गौशाला" लाई सहयोग प्रदान गरेकी छन्। 
    आफ्नो जन्म दिनको अवसर पारेर उनले८३४ केजी साइलेज सहयोग गरेकी हुन ।

    विभिन्न सामाजिक कामहरुमा सक्रिय रहने  सन्ध्या पौडेलले यस अघि पनि  आफ्नो जन्म दिनको अवसरमा बुटवल उपमहानगरपालिकाले संचालन गरेको नन्दनी गौशालामा सहयोग गरेकी थिइन् । यस बाहेक उनले आर्थिक अभावले उपचारमा समस्यामा परेका बिरामीहरुलाई  समेत आर्थिक सहयोग गरिरहेकी छन् । 

    यसैबीच सन्ध्या पौडेलले पठाएको सहयोग झण्डै ८३४  केजी साइलेज  , भेली तथा नुन समेत एक कार्यक्रमका बीच पर्वत रुपन्देही सेवा समाजका अध्यक्ष  रामकृष्ण शर्माले उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसि तथा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका निवर्तमान अध्यक्ष खिम भट्टराईको रोहवरमा उक्त गौशाला संचालक संस्था इस्कोनका प्रतिनिधिलाई  हस्तान्तरण गरे ।

    उक्त हस्तान्तरण कार्यक्रम अध्यक्ष  शर्माले   छाडा चौपायाहरुको संरक्षणमा स्थानीय तह जिम्मेवार बन्नुपर्ने बताए । बुटवलबाट शुरुआत गरिएको अभियान रुपन्देहीका सबै पालिकाहरुमा पुराउने योजना रहेको अध्यक्ष शर्माले बताए ।

    यसैगरी उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसिले तिलोत्तमा गौशालाको लागि सहयोगको पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

    यसैगरी मानवअधिकार शान्ति समाज रुपन्देहीका निवर्तमान अध्यक्ष खिम भट्टराईले छाडा चौपाया ब्यबस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

    उक्त तिलोत्तमा गौशालामा झण्डै ४०० गाई गोरुहरु रहेका  छन् र यसको व्यवस्थापन धार्मिक संस्था इस्कोनले गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij