२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • मुस्ताङ इन्चार्ज छम सीको निधनप्रति विप्लवद्धारा...
पार्टी उहाँको वैज्ञानिक समाजवाद प्राप्तिको अधुरो कार्यभार पूरा गर्ने प्रतिबद्धता

मुस्ताङ इन्चार्ज छम सीको निधनप्रति विप्लवद्धारा दुःख व्यक्त

मुस्ताङ इन्चार्ज छम सीको निधनप्रति विप्लवद्धारा दुःख व्यक्त

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मुस्ताङ जिल्ला इन्चार्ज छम सी (आकाश) को निधन भएको छ । शनिबार बेलुका ६ बजे क्यान्सर रोगबाट पीडित आकाशको निधन भएको हो ।

आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मुस्ताङ जिल्ला इन्चार्ज छम सी (आकाश) को निधन भएको छ । शनिबार बेलुका ६ बजे क्यान्सर रोगबाट पीडित आकाशको निधन भएको हो ।

    उनको निधनमा नेकपाले दुःख व्यक्त गरेको छ । पार्टी महासचिव विप्लवले आइतबार शोक वक्तत्य जारी गर्दै उनको असामयिक निधनले पार्टीलाई दुःखी र मर्माहत बनाएको बताएका छन् ।

    ‘महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म आफ्नो भौतिक ज्यानको प्रवाह नगरी अहोरात्र देश र जनताका लागि अमुल्य योगदान पु¥याउँदै आउनुभएका क.आकाशको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी उहाँको वैज्ञानिक समाजवाद प्राप्तिको अधुरो कार्यभार पूरा गर्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै यस दुःखद क्षणमा उहाँको परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’, शोक वक्तव्यमा भनिएको छ ।

    Aakash1-1-1448x2048.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij