बुटवल । नेपाल डेरि एसोसिएसन लुम्बिनी प्रदेशले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दुग्ध क्षेत्रका समस्याहरु बारेमा ध्यानाकर्षण गराएको छ ।
लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उक्त ध्यानाकर्षण गराएको हो ।
उक्त अवसरमा लुम्बिनी प्रदेशमा पाउडर दुध उत्पादन गर्ने उद्योग अत्यावश्यक रहेको बारेमा गम्भीर ध्यानाकर्षण गराइएको र त्यसको लागि आवश्यक बजेट समेत विनियोजन गर्न आग्रह गरिएको नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले बताउनु भयो ।
खुला सिमाको कारणले समेत स्देशी डेरी उद्योगहरुलाई समस्या भएको र यसको नियन्त्रणको लागि समेत ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो ।
यसैबीच उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले दुग्ध क्षेत्रका किसान तथा व्यवसायीहरुका समस्याहरु समाधानको लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो ।
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशद्वारा मुख्यमन्त्रीलाई ध्यानाकर्षण