क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ ।
महासचिव वैद्यकी आमा जानकी देवी उपाध्यायको बुधबार बेलुकी ५ः३० बजे एक सय वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको अन्त्येष्टि आजै घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने परिवारले जानकारी दिएको छ । उनका सात छोरा र एक छोरी छन् ।
