२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाजवादका लागि सामना अभियान

रुपन्देहीको सैनामैनामा सामना परिवारको सांस्कृतिक साँझ

रुपन्देहीको सैनामैनामा सामना परिवारको सांस्कृतिक साँझ

रुपन्देहीको सैनामैनामा सामना परिवारले सांस्कृतिक प्रस्तुति गरेको छ । मंगलबार साँझ नेकपा पोलिटब्युरो सदस्य माइला लामाको नेतृत्वमा सामना परिवारले सांस्कृतिक कार्यक्रम गरेको हो ।

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • बुटवल । रुपन्देहीको सैनामैनामा सामना परिवारले सांस्कृतिक प्रस्तुति गरेको छ । मंगलबार साँझ नेकपा पोलिटब्युरो सदस्य माइला लामाको नेतृत्वमा सामना परिवारले सांस्कृतिक कार्यक्रम गरेको हो । 

    कार्यक्रममा पूर्वमन्त्री एवं वरिष्ठ गीतकार मणि थापा, गायकहरु रमण थामी, आरोह नेपाली, हेमन्त रुम्बा, कविता, प्रस्तुतिलगायत कलाकारहरुले बेजोड सांगितिक प्रस्तुति देखाएका थिए । 

    सांस्कृतिक टोलीलाई नेकपा पिबिएम बसन्त सी, केन्द्रीय सदस्यद्धय शरद सी र विश्वास सी र स्वागत कार्यक्रमको सञ्चालन विरेन्द्र सीले गरेका थिए । 

    टोलीलाई स्वागत गर्दै नेकपा पिबिएम बसन्त सीले गणतन्त्र दलाल पुँजीपति वर्गको हातमा गएकोले समाजवादी गणतन्त्रका लागी सांस्कृतिक अभियान सञ्चालन गरिएको बताए । 

    अर्का पिबिएम तथा वरिष्ठ गीतकार माइला लामाले समाजवादी क्रान्तिका लागी जनतामा चेतना जागरण पैदा गर्न सांस्कृतिक अभियान सञ्चालन गरिएको बताए । पूर्वमन्त्री एवं वरिष्ठ गीतकार मणि थापाले ठूला पार्टी सरकारमा गएर जनताको समस्या समाधान गर्न असफल भएकोले विप्लव नेतृत्वको नेकपालाई साथ दिन जनतालाई अपिल गरे ।

    कार्यक्रममा अपेरासहितको विविध सांस्कृतिक प्रस्तुतिहरुलाई जनताले मन पराएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij