नेकपा एमाले नेता प्रदीप नेपालको केही समय अगाडि निधन भएको छ ।
पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दियो।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
राजनीतिको साथै स्वर्गीय नेता नेपालले साहित्य तर्फपनि कलम चलाएका थिए ।
