२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • बुटवल बहुमुखी क्याम्पसमा अखिलका नेता कुँवरको...
समाचार

बुटवल बहुमुखी क्याम्पसमा अखिलका नेता कुँवरको ठगी, क्याम्पसद्धारा निलम्बित

बुटवल बहुमुखी क्याम्पसमा अखिलका नेता कुँवरको ठगी, क्याम्पसद्धारा निलम्बित

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  •   रुपन्देही । बुटवल बहुमुखी क्याम्पस स्नातक तह चौंथो बर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले नयाँ तथा पुराना विद्यार्थीहरुसँग भर्ना गरिदिने भनि पैसा लिएर ठगी गरेको भन्दै क्याम्पस प्रवेशमा निषेश गरेको छ । उनी नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता हुन् । उनको ठगीको कारण १० जना विद्यार्थी भर्ना प्रक्रियाबाट बन्चित हुन पुगेका छन् ।
    क्याम्पसले एक सूचना जारी गर्दै कुँवरले भर्ना गरिदिने, परिक्षा फारम भरिदिने भनी विद्यार्थीहरु शुल्क रकम बुझिलिएको भन्ने उजुरी प्रमाणित हुन आएको बताएको छ । 
    विद्यार्थी भर्ना प्रक्रियामा सहजीकरणको लागि भन्दै  सहयोग डेक्समा रहेका पूर्व स्ववियु सदस्य समेत रहेका बिबेक कुँवरले झण्डै  १० जना विद्यार्थीको आवश्यक कागजात र रकम समेत लिएको बताइएको छ । 
    विद्यार्थीहरुबाट पैसा र कागजपत्र समेत बुझेर गएका बिबेकले भर्नाको समय सकिदासम्म पनि भर्ना नगरिदिएपछि विद्यार्थीहरुले क्याम्पस प्रमुख र इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए । उनीहरुको भर्ना नभएपछि पढ्न समेत बन्चित मात्र भएनन् उनीहरूले बुझाएको रकम समेत लिएर उनी फरार भए । क्याम्पस हाताभित्र नै सहयोग डेक्स खडा गरि विद्यार्थी माथि ठगी धन्दा गरि विद्यार्थीलाई पढ्नबाट नै बन्चित गरिएपछि अहिले सबैतिर उक्त कार्यको तीब्र विरोध मात्र भएको छैन, बुटवल बहुमुखी क्याम्प प्रशासनप्रति समेत प्रश्न खडा भएको छ ।  
    विद्यार्थीहरु गौरब चन्द ९५००, आशा चापागाईं १४५००, दिपिका चापागाईं १४५००, विश्वास श्रेष्ठ ९५००, अबिना रेश्मी  ९५००, अनिता खनाल ९५००, दया ९५००, अनिल यादव १४५००, घनश्याम गहरिया १४५००, र सल्देब कुमार चौधरी १४५०० गरी १० जना विद्यार्थीबाट विवेक कुँवरले एक लाख बीस हजार ठगी गरेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij