२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर...
समाचार

पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिको अधिबेशन सम्पन्न , अध्यक्षमा लोक भुसाल चयन

पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिको अधिबेशन सम्पन्न , अध्यक्षमा लोक भुसाल चयन

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • बुटवल । पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।

    संस्थाका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले लोक भुसालको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । जसमा उपाध्यक्ष चन्द्रा भुसाल , सचिव हिमलाल बस्याल ,सहसचिव सूर्यप्रसाद चपाईं ,कोषाध्यक्ष कोपिला काफ्ले यसैगरी सदस्यहरूमा अमृत चापागाईं, बाबुराम रेग्मी ,ओमबहादुर गुरुङ, माया चापागाई, नुमा काफ्ले , परशुराम काफ्ले, गङ्गादर भुसाल , सूर्यप्रसाद भट्टराई , धनलाल अधिकारी , रिता आचार्य , राजकुमार श्रेष्ठ, विकास तिवारी ,गोविन्दप्रसाद चापागाई ,पार्वती भुर्तेल रहेका छन्
    यसैगरी लेखा समिति संयोजकमा टिकाराम भट्टराई र सदस्यहरूमा सरस्वती काफ्ले , चित्रप्रसाद श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन उपसमिति संयोजक वेदप्रसाद न्यौपानेले बताए ।

    यस अघि उक्त अधिबेशनको उद्वाटन समारोहलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले तिलोत्तमा नगर समितिले ऐतिहासिक जिम्मेवारी पुरा गरेको बताए । सिमित स्रोतको परिचालन गरेर धेरै राम्रो काम गरेको बताउदै अध्यक्ष शर्माले शान्ति बाटिका निर्माणमा समेत तिलोत्तमा नगर समितिको महत्त्वपूर्ण भुमिका रहने बताए ।

    पर्वत रुपन्देही सेवा समाजका सदस्यहरु अनुशासित भइ समग्र समाजकै नेतृत्व गर्नुपर्नेमा जोड दिदै रुपन्देहीमा पर्वतको छुट्टै पहिचान बनाउन लाग्नुपर्ने अध्यक्ष शर्माले बताए । समाजले समस्यामा परेका सबैलाई मानवीय हिसाबले सहयोग गरिरहेको बताउदै पर्वतका पर्यटकीय क्षेत्रहरुको समेत प्रचारप्रसारमा लागेको बताए ।

    यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले संस्थाले अत्यन्तै महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए ।

    यो समाज सबै पर्बत तथा रुपन्देही बासीहरुको साझा चौतारी भएको बताउदै विशिष्ट अतिथि सापकोटाले सबै ठाउँमा धनले मात्र काम नगर्ने र संगठन नै आवश्यक हुने बताए ।

    गरिव दीन दुखी तथा समस्यामा परेकाहरुलाई सहयोग गरे भगवानले सदैव दिइरहने बताउदै सामाजिक कार्यमा सहयोग पुराउन सबै पर्वतेलीहरुलाई उनले आग्रह गरे ।

    तिलोत्तमामा रहेको शान्ति बाटिकाको निर्माणमा सहयोग पुराउने प्रतिबद्धता व्यक्त गर्दै विशिष्ट अतिथि सापकोटाले समाजले अगाडि सारेका सबै योजनाहरुमा साथ र सहयोग रहने बताए ।
    उक्त अधिबेशनमा समाजका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई , सचिव बलराम काफ्ले , जनप्रतिनिधि झविलाल न्यौपाने , कोषाध्यक्ष शारदा देवि रेग्मी , वरिष्ठ सदस्य टुकलाल न्यौपाने , धर्मागत बस्याल , नवराज आचार्य , देव प्रसाद गुरुङ , तेज प्रसाद पन्त लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    समाजका नगर समिति अध्यक्ष लोक भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य हिमलाल बस्यालले राखेका थिए भने संचालन सचिव चन्द्रा भुसालले गरेकी थिइन् ।

    यसैगरी सोही कार्यक्रममा संस्थालाई सहयोग पुराउने सहयोग दाताहरु तथा आजिवन सदस्यहरुलाई संमान समेत गरिएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij