२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

शिक्षकमाथि प्रहरी दमन, गृहमन्त्रीको राजिनामा माग

शिक्षकमाथि प्रहरी दमन, गृहमन्त्रीको राजिनामा माग

विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरी दमन भएको छ ।  नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएपछि शिक्षकहरुमाथि प्रहरी दमन भएको हो ।

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरी दमन भएको छ ।  नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेका शिक्षकहरू र प्रहरीबिच झडप भएपछि शिक्षकहरुमाथि प्रहरी दमन भएको हो । 

    प्रहरीबाट पानीको फोहोर फाल्ने काम भएपछि आन्दोलनरत शिक्षकहरूबाट समेत प्रतिकार भएको छ । प्रहरीसँगको झडपपछि आन्दोलनरत शिक्षकहरू आक्रोशित भएका छन् । विगत २५ दिनसम्म शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूमाथि प्रहरीले दमन गरेको उनीहरूले आरोप लगाएका छन् । 

    शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीबाट लाठी प्रहार हुनुका साथै पानीको फोहोर प्रहार गरेको थियो । प्रहरीबाट लाठी र पानीको फोहोर प्रहार गरेपछि आन्दोलनरत शिक्षकहरूले समेत ढुंगामुढा प्रहार गरेका हुन् । 

    प्रहरीसँगको झडपपछि शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गर्नुका साथै उनीहरूले सरकारविरुद्ध नाराबाजीमा उत्रिएका हुन् । 

    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू सडक आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गर्दै शैक्षिक कार्यक्रम ठप्प पार्दै आएका छन् । उनीहरूले ऐन जारी नहुँदासम्म कुनै पनि हालतमा सडक आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij