२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

पाल्पा र अर्घाखाँचीमा नेकपाद्धारा सिडियोलाई ध्यानाकर्षणपत्र

पाल्पा र अर्घाखाँचीमा नेकपाद्धारा सिडियोलाई ध्यानाकर्षणपत्र

नेकपाले जातीय तथा क्षेत्रीय मोर्चा संगठनहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी वलीलाई ज्ञापनपत्र पठाएको छ ।

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • बुटवल । नेकपाले जातीय तथा क्षेत्रीय मोर्चा संगठनहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी वलीलाई ज्ञापनपत्र पठाएको छ । 

    अर्घाखाँचीमा जिल्ला इन्चार्ज खेम सीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएका छन् । 
    पाल्पामा जिल्ला सेक्रेटरी नेपाल सीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ । 

    491992438_662361449872906_8741733030537011034_n.jpg
    undefined

    ज्ञापनपत्रमा नेकपाले राजावादी तत्वहरुबाट तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा गरिएको तोडफेड, आगजनी, लुटपाट लगायतका घटनाबाट हुन गएको धनजनको उचित छानवीन गरी दोषीलाई कडा कार्वाही र पीडितलाई उचित क्षतिपूूर्ती दिन माग गरेको छ । 

    त्यस्तै मागपत्रमा देशका भावी कर्णाधार जन्माउने शिक्षकहरुको आन्दोलन महिनौदेखि जारी भएको भन्दै उनीहरुको मागलाई सरकारले तुरुन्त पूरा गरेर शिक्षकहरुलाई विद्यालय विद्यालय फर्काउन र शिक्षा क्षेत्रको अध्यायन÷अध्यापन सुचारु गर्न र कक्षा १२ को परीक्षा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij