२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • लत्रिएको बिजुलीको तारबाट बोलेरोमा करेन्ट, ४...
समाचार

लत्रिएको बिजुलीको तारबाट बोलेरोमा करेन्ट, ४ जनाको मृत्यु, २ घाइते

लत्रिएको बिजुलीको तारबाट बोलेरोमा करेन्ट, ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङमा बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ। पाथीभरा जाँदै गरेको मे.१ च ३०११ नम्बरको बोलेरोमा बिजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा घटना भएको प्रहरीले जनाएको छ।

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • ताप्लेजुङमा बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ। पाथीभरा जाँदै गरेको मे.१ च ३०११ नम्बरको बोलेरोमा बिजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा घटना भएको प्रहरीले जनाएको छ। 

    यो घटनामा बोलेरो चालक फुङलिङ नगरपालिका १० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापा घर भएकी वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले जानकारी दिए।  

    पोलबाट लत्रिएको बिजुलीको तारलाई बोलेरोले छुँदा यात्रुमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। घटनामा परि दुईजना गम्भीर घाइते भएका छन्।

    स्थानीय सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तार बोलोरमो प्रवाह हुँदा आगो लागेको स्थानीयले बताएका छन्।

    गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij