२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • पर्वत विहादी गाउँपालिकाको  १६ औं गाउँ...
समाचार

पर्वत विहादी गाउँपालिकाको  १६ औं गाउँ सभा  अधिबेशन सप्पन्न

पर्वत विहादी गाउँपालिकाको  १६ औं गाउँ सभा  अधिबेशन सप्पन्न

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • पर्वत । पर्वत जिल्लाको  विहादी गाउँपालिकाको १६ औं  गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। विहादी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय वाहाकी  ठाँटीमा उक्त गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न भएको हो ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष परविन गुरुङले विहादी गाउँपालिकाको पहिलो प्राथमिकता कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई दिएको बताउनुभयो।उहाँले विहादी गाउँपालिकाले यस क्षेत्रको विकासका लागि गौरवका योजना अगाडि बढाएको बताउनुभयो।

    पालिका अध्यक्ष गुरुङले आत्निर्भर गाउँपालिका तथा युवाहरुलाई कृषि पेशामा आवद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको साथै एक वडा एक चिस्यान केन्द्रको अवधारणा समेत अगाडि बढाइएको बताउनुभयो।

    त्यस्तै विकासमा सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एकैठाउँ भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादनसँगै स्थानीय आयश्रोत बढाउन सबैको ध्यान हुनुपर्नेमा जोड समेत दिनुभयो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै योजनाहरु समयमै सम्पन्न भइरहेको बताउनुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij