२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • शिक्षकहरुको आन्दोलन १७ औं दिनसम्म जारी...
समाचार

शिक्षकहरुको आन्दोलन १७ औं दिनसम्म जारी , माग पुरा नभई नर्फकने  चेतावनी

शिक्षकहरुको आन्दोलन १७ औं दिनसम्म जारी , माग पुरा नभई नर्फकने  चेतावनी

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • चैत २० गतेदेखि नेपाल शिक्षक महासंघले  बिद्यालय शिक्षा सम्बन्धि विधेयकमा असहमति जनाउदै शिक्षकहरुको स्थायित्व , सेवा सुरक्षाको सुनिश्चितता ,तलव ग्रेड भर्तामा सुधार ,स्थानतरणको संघीय तहमा हुनुपर्ने लगाएतका  विभिन्न मागहरु राखेर शुरुआत गरेको आन्दोलन आज १७ औं दिनसम्म आइपुगेको छ । चैत मसान्तसम्म परिक्षाको नतिजा प्रकाशित गरेर नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया शुरुआत हुनुपर्ने बेलामा स्कुलनै ठप्प पारेर सबै शिक्षकहरु काठमाडौ केन्द्रीत हुदा नयाँ शैक्षिकसत्र त प्रभावित भएकै छ , शिक्षकहरुको आन्दोलन समेत कसरी र कहिले टुङ्गिने हो त्यो समेत निश्चिति देखिएको छैनन् ।

    मुख्यतः शिक्षा ऐन २०२८ संसोधनको माग राखेर आन्दोलनमा होमिएका शिक्षकहरुको मागका सम्बन्धमा राज्य गम्भीर देखिएको छैन , स्यंम प्रधानमन्त्री केपी शर्मा ओलिले समेत सरकार गम्भीर छ भन्ने बाहेक अन्य पहल गरेका छैनन्।

    यता शिक्षकहरु समेत वारपार नै गर्ने , जसरी पनि सरकारलाई झुक्याएरै छाड्ने रणनीतिमा देखिएका छन् ।  जिल्ला जिल्लाबाट थप शिक्षकहरु आन्दोलनको लागि काठमाडौ भित्रिने क्रम समेत जारी रहेको छ ।  अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरु राज्यले मागहरु सुनुवाइ नगरेमा सशक्त आन्दोलन अगाडि बढाउने चेतावनी समेत दिइरहेका छन् । 

    सरकारले बेवास्ता गर्ने र शिक्षक जसरी पनि माग पूरा गराउने अडानमा रहिरहदा समग्र शैक्षिक क्षेत्र थप तहसनहस हुने स्थिति देखिएको छ ।  

    नयाँ शैक्षिकसत्रको शुरुआतमा नै शिक्षकहरुको आन्दोलनको कारण देशभरिका झण्डै २९ हजार सामुदायिक बिद्यालय तथा त्यहाँ अध्ययन गर्ने लाखौं विद्यार्थीहरुको पठनपाठन रोकिन पुगेको छ ।
    यता  सरकारले ऐन संसोधन गर्न केही समय लाग्ने बताउदै आन्दोलनरत शिक्षकहरुलाई काममा फर्किन आग्रह गरेको छ ।

    यसैबीच अहिले केही समय अघिमात्र आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकार बीच वार्ताको तयारी भइरहेको खबर प्राप्त भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij