२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • विप्लव नेतृत्वको नेकपाद्वारा देशभर खबरदारी सभा...
समाचार

विप्लव नेतृत्वको नेकपाद्वारा देशभर खबरदारी सभा , प्रतिगामीहरुलाई लखेट्ने शरद ओलिको चेतावनी

विप्लव नेतृत्वको नेकपाद्वारा देशभर खबरदारी सभा , प्रतिगामीहरुलाई लखेट्ने शरद ओलिको चेतावनी

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • बुटवल । पछिल्लोपटक देशमा राजावादीहरुको सक्रियता  बढिरहेको बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी तथा यथास्थितिवादीहरुको विरुद्ध साङ्केतिक खबरदारी स्वरूप देशभरका स्थानीय तहहरुमा एकसाथ खबरदारी सभा सम्पन्न गरेको छ ।

    पार्टीको केन्द्रीय योजना अन्तरगत उक्त कार्यक्रमहरु सम्पन्न भएका हुन ।
    यसै विच  नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शरद ओलिले प्रतिक्रियावादी ,यथास्थितिवादीहरुलाई सबै तिरबाट लखेट्ने चेतावनी दिए । मुलुक महान जनयुद्ध र १९ दिने आन्दोलनबाट प्राप्त संघिय गणतन्त्रबाट पछाडि फर्कन सक्दैन ,  अहिलेको गणतन्त्र हुदै समाजवादी गणतन्त्रको लागि तयारीमा रहन आम नागरिकहरुलाई आह्वान गर्दै नेता ओलिले प्रतिगामी शक्तिहरुलाई राजतन्त्रको सपना नदेख्न चेतावनी दिए । अहिलेका संसदवादी दलहरु र सत्ताले अर्बौं भ्रष्टाचार गरेको , आम नागरिकहरुको थाप्लोमा अर्बौं ऋण बोकाएको , युवा जनशक्तिहरुलाई विदेश जान बाध्य बनाएको आरोप लगाउदै सबै भ्रष्टहरुको छिट्टै जनताले हिसाबकिताब गर्ने बताए ।

    नेता ओलिले समाजवादी राज्यसत्ता बाहेक देशलाई समृद्धिमा लैजाने अर्को व्यवस्था नभएको कारण नेपाली विशेषता अनुसारको समाजवाद आफ्नो पार्टीले बहसको लागि अगाडि बढाएको बताए ।

    यसैगरी नेता ओलिले जनताको  भावनाको संमान गर्दै  सबै मोर्चाबाट संघर्ष अगाडि बढाउन पार्टी तयार रहेको बताए ।

    उक्त कार्यक्रमको संचालन बुटवल नगर कमिटि सेक्रेटरी विज्ञान सीले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij