२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • रुपन्देहीमा फेरि अर्को सहकारी भाग्यो ,...
समाचार

रुपन्देहीमा फेरि अर्को सहकारी भाग्यो , हजारौं बचत कर्ताहरुको  रकम जोखिममा

रुपन्देहीमा फेरि अर्को सहकारी भाग्यो , हजारौं बचत कर्ताहरुको  रकम जोखिममा

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • मुलुकभर सहकारीहरुमा बचत कर्ताहरुको रकम फिर्ता हुने सुनिश्चित नभइरहेको बेला फेरि बुटवलमा अर्को सहकारी काण्ड बाहिर आएको छ ।

    चैत ३१ गतेको मितिमा बुटवल ११मा रहेको सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा एक सुचना टासी कार्यालय बन्द गरिएको जानकारी गराइएको थियोे ।

    उक्त पत्रमा आर्थिक अपचलन गरि संस्थाका अध्यक्ष आकाश  भट्टराई तीन महिना देखि सम्पर्क विहिन भएको र खोजी गर्न अनुरोध समेत गरिएको थियोे । चैत ३१ सम्म बचत कर्ताहरुको घर घरमा पुगेको कर्मचारीहरुले बचत संकलन गरिरहेका थिए । सोही दिन पत्र टासिंएको भेटिए पछि घटना थप रहस्यमय भएको छ । 

    उक्त सहकारी प्रदेशमा तीन बर्ष अघिमात्र दर्ता भएको भेटिएको छ । 
    संचालक तथा अध्यक्ष फरार रहेको हल्ला फैलिएपछि कार्यालय परिसरमा बचत कर्ताहरुको भिडभाड लागेको थियोे । उक्त संस्थामा कति रकमको हिनामिना भयो भन्ने कुराको आधिकारिक जानकारी त प्राप्त भएको छैन तर बजारमा बचत कर्ताको संख्या हेर्दा करोडौं रुपैयाँ अपचलन गरि अध्यक्ष  तथा कोषाध्यक्ष फरार रहेको अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij