२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर...
समाचार

पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिद्वारा मिनि प्रतीक्षालयमा हस्तान्तरण

पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समितिद्वारा मिनि प्रतीक्षालयमा हस्तान्तरण

आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • तिलोत्तमा । पर्वत रुपन्देही  सेवा समाज तिलोत्तमा नगर समितिद्वारा  शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र  बनबाटिकामा मिनि प्रतिक्षालय निर्माण गरि आज एक समारोहबीच  हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ्। 
      पर्वत रुपन्देही सेवा समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि रामकृष्ण शर्माले पर्वत रुपन्देही सेवा  समाजले सामाजिक रुपमा यस्ता धेरै कामहरु गर्दै आइरहेको र आगामी दिनमा पनि सबैको साथ सहयोग र संगठन  बलियो भएर सशक्त रुपमा अगाडि बढ्न सकेमा अझ धेरै सामाजिक कामहरु गर्न सक्ने  बताउनुभयो ।

    महत्त्वपूर्ण काम गरेकोमा तिलोत्तमा नगर समितिलाई बधाई दिदै प्रत्येक पालिका समितिलाई कम्तिमा पनि एउटा / एउटा सामाजिक काम अगाडि बढाउन आग्रह गर्नु भयो ।

       यसैगरी कार्यक्रमका विशिष्ट अतिथि  शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र बनबाटिकाका  नवनिर्वाचित अध्यक्ष खिमलाल पान्डेले पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समिति प्रति आभार व्यक्त गर्दै सबैको सहयोगमा यस अनुसन्धान केन्द्रलाई  अझ धेरै उचाइमा पुराउने बताउनु भयो ।
    उक्त कार्यक्रममा  पर्वत समाज सेवा समाजका  केन्द्रीय सल्लाहकार बेद प्रसाद न्यौपाने , केन्द्रीय सचिव बलाराम काफ्ले लगाएतले मन्तब्य राख्नुभएको थियो । 
     उक्त कार्यक्रममा शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र बनबाटिकाका उपाध्यक्ष मिनप्रसाद देभकोटा, सचिव बिदुर केसि , कोषाध्यक्ष मनिराम भट्टराइ लगायत सम्पुर्ण कार्यसमिति सदस्यहरुहरुलाई बधाई तथा सम्मान गरिएको थियोे ।

     यसै गरि कार्यक्रममा पर्वत रुपन्देही  सेवा समाज केन्द्रीय  सल्लहाकारहरु रामप्रसाद पौडेल, बेल प्रसाद शर्मा नगर सल्लाकार भिमलाल भुसाल लगाएतको उपस्थिति रहेको थियो।  
     पर्वत रुपन्देही सेवा समाज तिलोत्तमा नगर समिति अध्यक्ष लोक प्रसाद भुसालको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा नगर समिति  कोषाध्यक्ष हिमलाल बस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने  सन्चालन समाजका सचिव चन्दा भुसालले गर्नु भएको थियो  ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij