बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल पर्वतेलीहरुको संस्था पर्वत रुपन्देही सेवा समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले आफुहरु रुपन्देहीमा रहदै गर्दा जन्मभुमि पर्वतलाई बिर्सन नसक्ने बताएका छन् ।
बुटवल उपमहानगरपालिका अन्तरगत रहेको पर्वत रुपन्देही सेवा समाज , बुटवल नगर समिति छैटौं साधारणसभा तथा तेस्रो अधिबेशनको बुटवलमा उद्वाटन गर्दै अध्यक्ष शर्माले उक्त कुरा बताएका हुन ।
हामीले समाजको संगठन बिस्तार सँगै हरेक सामाजिक सत्ताहरुमा सकारात्मक हस्तक्षेप गर्ने बताउदै समाजका सदस्यहरुले नेतृत्व गरेका हरेक संघ संस्थालाई नमुना संस्थाको रुपमा अगाडि बढाउन आग्रह गरे ।
हामीले रुपन्देहीमा छुट्टै पहिचान बनाउनुपर्छ र सामाजिक क्षेत्रमा समेत नेतृत्व गर्नु पर्छ प्रमुख अतिथि शर्माले आह्वान गरे ।
अध्यक्ष शर्माले आफूहरु रुपन्देही बासी समेत रहेको हुनाले समग्र रुपन्देही बासीको हितमा समेत काम गर्न निर्देशन दिए ।
संस्थाले अब पर्वतेलीहरुलाई मात्र नभएर समस्यामा परेका अन्य जिल्लाका रुपन्देही बासीलाई समेत मानवीय हिसाबले सहयोग गर्ने बताए ।
यसैगरी अध्यक्ष शर्माले स्थानीय तहको नेतृत्वमा पर्वतेली नभएको कारण संस्थाको जग्गा प्राप्ति तथा भवन निर्माणको योजनामा समस्या परेको गुनासो गरे ।
रुपन्देहीका झन्डै १२ पालिकामा आफ्नो संगठन रहेको बताउदै पालिका स्तरीय अधिबेशन पछि जिल्लाको अधिबेशनको तयारीमा रहेको अध्यक्ष शर्माले बताए ।
यसैबीच बुटवल नगर समितिको तेस्रो अधिबेशनबाट पुनः उषा प्रधानकै अध्यक्षमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक रामप्रसाद रेग्मीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
