२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

आन्दोलनरत शिक्षकहरुद्धारा आजदेखि शैक्षिक हड्ताल

आन्दोलनरत शिक्षकहरुद्धारा आजदेखि शैक्षिक हड्ताल

आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गर्दैछन्। नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ।

सोमवार, चैत्र २४ २०८१
सोमवार, चैत्र २४ २०८१
  • आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गर्दैछन्। नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरुले आजदेखि आन्दोलन थप सशक्त बनाउन लागेका हुन्। 

    आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारीमा महासंघले आह्वान गरेको छ।

    विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप चर्काउने महासंघको घोषणामा विभिन्न राजनीतिक दल निकट १५ शिक्षक संगठनले पनि ऐक्यबद्धता जनाएका छन्।

    हिजो सिठी जुलुस गरेका शिक्षकहरुले आज आन्दोलनको छैटौं दिन मौन जुलुस निकाल्ने तयारी गरेका छ। कालोे मास्क लगाएर मौन जुलुश निकालिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो। जुलुस बिहान ११ बजे माइतीघर मण्डलाबाटै शुरु हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij