बुटवल । रुपन्देही डेरी व्यवसायी समितिले आफ्नो संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रामकृष्ण शर्मालाई सम्मान गरेको छ ।
बुटवलमा नयाँ बर्ष २०८२ सालको क्यालेन्डर विमोचन , शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियोे ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले रुपन्देही डेरी व्यवसायी समितिको गरिमा बढाउने काम गरेको भन्दै कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।
समिति अध्यक्ष बिष्णु प्रसाद पाण्डे तथा प्रमुख अतिथि जिसीले संयुक्तरूपमा उक्त सम्मान गरेका हुन ।
२०७९ सालको पौष देखि ०८१ सालको पौषसम्म उनले रुपन्देही डेरी व्यवसायी समितिको नेतृत्व गरेका थिए ।
संचारकर्मी समेत रहेका शर्माले रुपन्देही डेरी व्यवसायी समितिलाई आफ्नो दुई वर्षे कार्यकालमा आक्रामक तहले अगाडि बढाएका थिए । उनकै कार्यकालमा बुटवलको नन्दनी गौशालाले प्रचारप्रसार पाएको थियोे भने रुपन्देहीका धेरै संघ संस्थालाई एकजुट गराउन बिशेश भुमिका निर्वाह गरेका थिए ।
