२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • बनवाटिका तथा अनुसन्धान केन्द्रको अध्यक्षमा नेकपा...
समाचार

बनवाटिका तथा अनुसन्धान केन्द्रको अध्यक्षमा नेकपा समर्थित पाण्डे विजयी

बनवाटिका तथा अनुसन्धान केन्द्रको अध्यक्षमा नेकपा समर्थित पाण्डे विजयी

शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१
  • आज सम्पन्न  रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको  चौथो अधिवेशनमा सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्दै विप्लव नेतृत्व नेकपा समर्थित स्वतन्त्र उमेदवार खिमलाल पाण्डे निर्वाचित भएका छन् ।
    स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेले एमाले, काँग्रेस गठबन्धनबाट अध्यक्षका उमेदवार  किरण खरेललाई १३५ को फराकिलो मतले पछाडि पार्दै बिजयी भएका हुन् । खसेको कुल मत ६६१ मध्ये पाण्डेले ३६९ मत प्राप्त गरेका थिए भने खरेलले २३४ मात्र प्राप्त गरेका थिए । अर्का अध्यक्ष पदकै उमेदवार टीकादेवी आलेले जम्मा ३९ मत प्राप्त गरेकी  थिईन ।
    यस्तै गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेदवार मिनप्रसाद देवकोटा ३७८ मत प्राप्त गरी बिजयी भएका छन भने सचिवमा स्वतन्त्रबाट बिदुर केसी ३८२ मत ल्याई बिजयी भएका छन । यसैगरी कोषाध्यक्षमा गठबन्धनका मनिराम भट्टराई ३८५ मत ल्याई बिजयी भएका छन् । अन्य पदहरुमा मिश्रित परिणाम आएको छ ।
    शुक्रबार विहान आठ बजेदेखि शुरु भएको मतदान दिउँसो पौने दुईबजे सकिएको थियो भने २ बजेबाट सुरुभएको मतगणना राति ९ बजे सकिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij