२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • रुपन्देही डेरी व्यवसायी समिति द्वारा क्यालेन्डर...
समाचार

रुपन्देही डेरी व्यवसायी समिति द्वारा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रुपन्देही डेरी व्यवसायी समिति द्वारा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शुक्रवार, चैत्र २१ २०८१
शुक्रवार, चैत्र २१ २०८१
  • रुपन्देही डेरी व्यवसायी समितिले नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    उक्त शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिसीले रुपन्देही डेरी व्यवसायी समितिले ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको बताउनु भयो । भुकम्प ,कोभिट लगाएत प्राकृति विपत्ति देखि आर्थिक रुपमा कमजोर विरामीलाई उपचारको व्यवस्थासम्म तथा आगलागीमा परेका व्यवसायीलाई राहतसम्मका सामाजिक कार्यक्रम समितिले गरिरहेको बताउनु भयो । संख्यात्मक हिसाबले डेरी व्यवसायी समिति  सानो भए पनि यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको प्रमुख अतिथि जिसीले बताउनु भयो ।
    दुधको गुणस्तरमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्दै डेरी व्यवसायी समितिका समस्याहरुलाई सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

    यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले रुपन्देही डेरी व्यवसायी समितिले सबै व्यवसायीहरुको पक्षमा आवाज उठाइएको बताउनु भयो ।
    बुटवल उपमहानगरपालिकाका हरेक कार्यक्रमलाई सफल पार्न डेरी व्यवसायी समितिले रचनात्मक भुमरीमा खेलेको बताउदै बुटवलको नन्दनी गौशालामा सहयोगको आह्वान सहित अभियान चलाएको बताउनु भयो ।
    रुपन्देहीका विभिन्न २५ संगठनहरुलाई एकताबद्ध गराउन संस्थाको  महत्त्वपूर्ण भुमिका रहेको बताउदै व्यवसायीहरुका साझा समस्या समाधानको लागि सबैलाई एकजुट हुन आह्वान गर्नु भयो ।

    एक फरक प्रसङ्गमा बुटवलको गौरवको आयोजना बधशाला असफल भए त्यसको जिम्मेवारी बुटवल उपमहानगरपालिकाको हुने चेतावनी दिनुभयो ।

    यसैगरी संस्थाका सल्लाहकार एवं पुर्ब अध्यक्ष नेत्र पाठकले सबै डेरी व्यवसायीहरुलाई एकजुट हुन आह्वान गर्दै रुपन्देही भित्रका सबै डेरीहरुलाई संस्थामा समेट्न आग्रह गर्नु भयो ।
    यसैगरी सल्लाहकार पदम प्रसाद पौडेलले सबै व्यवसायीहरुलाई शुभकामना व्यक्त गर्दै मुलुकमा शान्ति तथा समृद्धिको कामना गर्नु भयो ।

    यसैगरी संस्थाका लेखा समिति संयोजक कृष्णप्रसाद उपाध्यायले डेरी व्यवसायी समिति दुधको गुणस्तर सुधारको लागि नियमितरूपमा लागिरहेको बताउनु भयो ।

     यसैगरी संस्थाका सहसचिव कमल  नेपालले सबै मिलेर संस्थालाई अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो ।

    यसैबीच समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्मालाई आफ्नो कार्यकालमा संस्थाको गरिमा बढाएको भन्दै कदर पत्र तथा दोसल्ला ओडाएर संमान गरिएको थियोे ।
    समितिका अध्यक्ष बिष्णु प्रसाद पाण्डेको अध्यक्ष्ातामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जीवलाल न्यौपानेले राख्नु भएको थियोे भने संचालन सचिव याम प्रसाद शर्माले गर्नु भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij