पर्बत रुपन्देही सेवा समाजले चैत १३ गते फरकफरक दुर्घटनामा ज्यान गुमाएका समाजका दुई जना सदस्यहरुको संझनामा शोकसभा सम्पन्न गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नं २ का जनप्रतिनिधि तथा तिलोत्तमा नगर समिति सल्लाहकार खिम ( रामकृष्ण ) पाठकको चैत १३ गते बुटवलको राजमार्ग चौडाहामा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियोे ।
स्वर्गीय पाठकको स्मृतिमा समाजले निवासमै पुगी दिउँसो शोकसभा आयोजना गरेको थियोे ।
उक्त शोकसभामा संस्थाका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले संस्थाका सल्लाहकार पाठकको निधनले परिवार सहित समाजलाई ठुलो क्षति पुगेको बताए । दिवंगत पाठक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष शर्माले पाठक अत्यन्तै सहयोगी सामाजिक ब्याक्तित्व भएको बताए ।
उक्त कार्यक्रमको संचालन समाजका केन्द्रीय सल्लाहकार रामप्रसाद पौडेलले गरेका थिए भने प्रत्येक पालिका अध्यक्ष तथा नगर र वडा समितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
यसैबीच समाजले चैत १३ गते नै अर्घाखाँचीको सुपा देउराली देवीको दर्शन गरि फर्किने क्रममा गाडी दुर्घटनामा परि ज्यान गुमाएकी जमुना बस्यालको स्मृतिमा समेत शोकसभा सम्पन्न गरेको छ । बुटवल नगर समिति द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले चैत १३ गते पर्बत रुपन्देही सेवा समाजको लागि कालो दिन भएको बताए । संस्थाका केन्द्रीय समिति सल्लाहकार सागर ( डिपी)बस्यालकी भाउजू समेत रहेकी जमुना बस्यालको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गरे ।
उक्त दुर्घटनामा सल्लाहकार डिपी बस्याल सहित एकै परिवारका धेरै जना सदस्यहरु गम्भीर घाइते भएका थिए । अहिले केहीको काठमाडौं र केहीको मेडिकल कलेज भैरहवामा उपचार चलिरहेको छ ।
बुटवलमा भएको कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष उषा प्रधानले गरेको थिइन् भने संचालन नगर सचिव कृष्ण भुसाल ( दिप)ले गरेका थिए । उक्त कार्यक्रममा संस्थाका सल्लाहकार तिलक न्यौपाने , केन्द्रीय समिति उपाध्यक्ष मिना न्यौपाने , केन्द्रीय कोषाध्यक्ष शारदा देवी रेग्मी लगाएत नगर समितिका सदस्यहरुको सहभागीता रहेको थियोे ।
