२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

सडककेन्द्रित आन्दोलन थाल्दै देशभरका शिक्षक

सडककेन्द्रित आन्दोलन थाल्दै देशभरका शिक्षक

नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडककेन्द्रित आन्दोलन थाल्दैछ। चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ।

बुधवार, चैत्र १९ २०८१
बुधवार, चैत्र १९ २०८१
  • नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडककेन्द्रित आन्दोलन थाल्दैछ। चरणबद्ध आन्दोलनमा रहेको महासंघ संसद्को हिउँदे अधिवेशन पनि विद्यालय शिक्षा विधेयक नल्याई अन्त्य गरेपछि थप चिढिएको छ। महासंघले देशभरका शिक्षकलाई आन्दोलनमा आउन आह्वान गरेको छ। 

    आन्दोलनको पहिलो दिन आज माइतीघरमा दिउँसो १ बजे भेला भएर नयाँ बानेश्वर सम्म विरोध प्रदर्शन कार्यक्रम गर्ने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। बिहीबारदेखि भने हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आन्दोलनका कार्यक्रम हुनेछ। शिक्षकलाई महासंघ विद्यालय पोशाक र परिचयपत्रसहित सहभागी हुन भनेको छ। 

    महासंघका अध्यक्ष सुवेदीका अनुसार आन्दोलन परिचालन व्यवस्थित बनाउन अहिले ८ बजे बुद्धनगरमा जिल्ला आन्दोलन परिचालन समिति र प्रदेश आन्दोलन परिचालन समितिको बैठक बस्दैछ। स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी-करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गर्ने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चलिरहने महासंघको भनाइ छ।  

    महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी हुनेपर्ने माग छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij