समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएको बैठकले पूर्व राजासमूहबाट चैत १५ गते भएको तीनकुने घटनाबाट क्षति भएका सम्पूर्ण पीडितहरुलाई न्याय दिन माग गरेको नेकपाका स्थायी समिति सदस्य प्रकाण्ड सीले बताएका छन् ।
मोर्चाको बैठकले पूर्व राजावादी समूहबाट असुल उपर गरी न्याय दिलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ ।
त्यसैगरी मोर्चाले गणतन्त्र रक्षाका लागि सबै गणतन्त्र पक्षधरबीच राजनीतिक अन्तरक्रिया गर्ने, जनतालाई जागरुक बनाउने, सचेत बनाएर युवाहरुलाई परिचालन गर्ने बताएको छ ।
