२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो

बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो

बैंक तथा वित्तीय संस्थामार्फत् हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदनमा बितेको ५ वर्षमा यस्तो कारोबार बढ्दै गएको देखिएको हो ।

सोमवार, चैत्र १७ २०८१
सोमवार, चैत्र १७ २०८१
  • काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामार्फत् हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दै गएको पाइएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदनमा बितेको ५ वर्षमा यस्तो कारोबार बढ्दै गएको देखिएको हो ।

    बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्ष पाँच हजार ९३५ शङ्कास्पद कारोबार दर्ता गराएकोमा यस वर्ष ७ हजार ३३८ वटा शङ्कास्पद कारोबार दर्ता गराएका छन् ।

    सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आवद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार छ सय ३९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने सूचक संस्थाले एकाइमा पेश गरेको सीमा कारोबारको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार तीन सय ९८ रहेकामा आर्थिक वर्ष २०८०/८१ मा १६ लाख ९७ हजार सात सय १२ छ ।

    सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि एकाइको गोएएमएल प्रणालीमा आवद्ध गरिएको छ ।

    यो प्रणालीमा प्राप्त भएका अधिकांश शङ्कास्पद कारोबार एवम् गतिविधि प्रतिवेदन कर छलीसम्बन्धी, मौद्रिक एवम् बैंकिङ, विदेशी विनिमय, बीमा, सहकारीसम्बन्धी, ठगीसम्बन्धी चिठ्ठा जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसूरसँग सम्बन्धित रहेको पाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij