२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • कुर्घा चितवन नवलपुर सम्पर्क समाजको दोस्रो...
समाचार

कुर्घा चितवन नवलपुर सम्पर्क समाजको दोस्रो अधिबेशन सम्पन्न , अध्यक्षमा शर्मा चयन

कुर्घा चितवन नवलपुर सम्पर्क समाजको दोस्रो अधिबेशन सम्पन्न , अध्यक्षमा शर्मा चयन

आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • चितवन ।  पर्बत जिल्ला फलेवास नगरपालिका वडा नं १० कुर्घाबाट बसाइँसराइ गरि चितवन तथा नवलपुर जिल्लामा रहेका कुर्घेलीहरुको साझा संगठन कुर्घा चितवन नवलपुर सम्पर्क समाजको दोस्रो अधिबेशन चितवनको टाडीमा सम्पन्न भएको छ । 
    फलेवास नगरपालिका उपप्रमुख शोभा क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त अधिबेशन सम्पन्न भएको हो । 
    उक्त अधिबेशनले एक नारायण शर्मालाई अध्यक्षमा चयन गरेको छ ।

    यसैगरी उपाध्यक्ष प्रेम क्षेत्री ,सचिव खिल प्रसाद शर्मा , सहसचिव सृष्टि लम्साल , कोषाध्यक्ष नेत्र  पौडेल र सदस्यहरुमा साधना पन्त ,माधव प्रसाद पौडेल ,ऋषि प्रसाद शर्मा ,राजिव शर्मा र बलराम पौडेल चयन हुनु भएको निर्वाचन उपसमिति संयोजक काशी चापागाईंले जानकारी गराउनु भएको छ ।

    यस अघि उद्वाटन समारोहमा फलेवास नगरपालिका उपप्रमुख शोभा क्षेत्री , कुस्मा नगरपालिका उपप्रमुख स्वस्थानी रिजाल , पर्बत काठमाडौ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चपाई ,कुर्घा पोखरा सम्पर्क समाजका अध्यक्ष धन प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    चन्द्रमणि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य काशी चापागाईंले राख्नु भएको थियोे भने संचालन खिल प्रसाद पौडेलले गर्नु भएको थियोे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij