२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • राजावादीले आगो लगाएको घरभित्र जलेर एभिन्युजका...
समाचार

राजावादीले आगो लगाएको घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु

राजावादीले आगो लगाएको घरभित्र जलेर एभिन्युजका पत्रकारको मृत्यु

राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ।

शुक्रवार, चैत्र १४ २०८१
शुक्रवार, चैत्र १४ २०८१
  • राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ। तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ। 

    एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको बताए। उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए।
     
    दाहालका अनुसार रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए। सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए।
     
    प्रहरी प्रवक्ता डीआइजी दिनेशकुमार आचार्यले आगलागी भएको घरबाट एक जनाको शव निकालेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने, 'आगलागी भएको घरबाट एक जनाको शव निकालेको छौं। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ।

    रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए। त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij