२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • फोनिजको ८ औँ महाधिवेशन चैत २९...
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ

फोनिजको ८ औँ महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुने

फोनिजको ८ औँ महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८ औँ महाधिवेशन लुम्बिनीमा हुने भएको छ। यही चैत २९ र ३० गते लुम्बिनीमा महाधिवेशन हुने तय भएको फोनिजका महासचिव समीर बलामीले जानकारी दिए।

बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८ औँ महाधिवेशन लुम्बिनीमा हुने भएको छ। यही चैत २९ र ३० गते लुम्बिनीमा महाधिवेशन हुने तय भएको फोनिजका महासचिव समीर बलामीले जानकारी दिए।

    फोनिजका महासचिव बलामीका अनुसार यही चैत ८ गते बुटवलमा बसेको फोनिजको बैठकले व्यवस्थापन उप समिति गठन गरी महाधिवेशनको तयारी अगाडि बढाइएको छ भने यसअघि गठित विभिन्न उपसमितिले पनि तयारी तीब्र पारेका छन् । 

    यसअघि फोनिजको महाधिवेसन चैत्र १५, १६ र १७ गते गर्ने निर्णय भएकोमा माध्यमिक शिक्षा परीक्षा(एसएइई)लगायत कारण सारिएको महासचिव बलामीले बताए।आदिवासी जनजाति पत्रकारहरूको साझा संगठन फोनिजको जिल्ला र प्रदेश महाधिवेसनहरू करिब सकिएको छ।

    फोनिजका जिल्ला, प्रदेश र प्रवास समितिहरू रहेका छन्। यो संगठनले आदिवासी जनजाति पत्रकारहरूलाई संगठित गर्दै उनीहरूकै हकहितका साथै क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण कामहरू गर्दै आएको जनाएकाे छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij