२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

विदेशबाट फर्केर बाँसका सामग्रीतिर

विदेशबाट फर्केर बाँसका सामग्रीतिर

घोराही उपमहानगरपालिका–१० डाबर टोलका यज्ञबहादुर घर्ती मगर आर्थिक आर्जनका लागि वैदेशिक रोजगारीमा जानुभयो । २०६१ सालमा कतार पुग्नुभएका घर्ती मगरले १६ वर्ष ड्राइभिङको काम गरेर घर फर्किनुभयो । भर्खर ४० पुग्नु भएका घर्ती मगरलाई अब कतार फर्किने मन भने छैन । अर्काको ठाउँमा भन्दा अब आफ्नै ठाउँमा पसिना बगाउनु घर्ती मगरलाई उत्तम लागेको छ ।

बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • घोराही । घोराही उपमहानगरपालिका–१० डाबर टोलका यज्ञबहादुर घर्ती मगर आर्थिक आर्जनका लागि वैदेशिक रोजगारीमा जानुभयो । २०६१ सालमा कतार पुग्नुभएका घर्ती मगरले १६ वर्ष ड्राइभिङको काम गरेर घर फर्किनुभयो । भर्खर ४० पुग्नु भएका घर्ती मगरलाई अब कतार फर्किने मन भने छैन । अर्काको ठाउँमा भन्दा अब आफ्नै ठाउँमा पसिना बगाउनु घर्ती मगरलाई उत्तम लागेको छ ।

    दुई छोरा, श्रीमती र बुढी आमाका पनि संरक्षक यज्ञबहादुर घर्ती मगरले अब घरमै बसेर बाँसका सामग्री निर्माण गर्ने र धेरथोर आम्दानी गर्ने तयारीमा जुट्नु भएको छ । ‘घरमा साना ठूला २० बढी बाख्रा पनि छन्, यिनको स्याहार गर्नुपर्छ’– यज्ञबहादुर घर्ती मगरले भन्नुभयो– ‘विदेश कति जानु, घर वरपर, खोला छेउमै बाँस पनि प्रशस्त छन् । अब बाँसबाटै घरेलु प्रयोजनका लागि चाहिने सामग्री तथा अरु सजावटका सामग्री बनाएर आम्दानी गर्ने दाउमा छु ।’ घरमै उद्यम सञ्चालन गर्न यज्ञबहादुरले दुई महिना लगाएर सीप पनि सिक्नुभएको छ ।

    ‘नारायणपुरमै सीप सिक्ने अवसर पनि मिल्यो । दुई महिना लगाएर बाँसजन्य कच्चा पदार्थबाट सुपा, डोको, डालो, गैजा, छिटुवा, फोटो फ्रेम, पेन होल्डर, बास्केट, चुरादानी, फूल र कलमदानी, ब्रसदानी, पर्दा, कुर्सी र ¥याक समेत बनाउन जान्यौं’– घर्ती मगरले भन्नुभयो– ‘पुर्खाले गर्दै आएको काम पनि हो । यसलाई अलि व्यावसायिकरुपमै अघि बढाउने गरी तयारी थालेका छौं ।’

    यज्ञबहादुर मात्रै होइन उहाँका ३८ वर्षीय भाई खिमबहादुर घर्ती पनि बाँसका सामग्री बनाउन यतिबेला कस्सिनुभएको छ । मलेसिया र कतारमा छ वर्ष बिताउनुभएका खिमबहादुरलाई पनि अब फर्केर फेरि खाडी पस्न मन छैन । त्यस्तै दुःख गरेर गाउँघरमा आम्दानी गर्न सकिने भन्दै उहाँ बाँसका सामग्री बनाउने सीप सिकेर घरमै उद्यम सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ । हुन त खिमबहादुरसँग अहिले दुईवटा उन्नत जातका दुहुना गाई छन् । वैदेशिक रोजगारीलाई विट मारेर गाई पालनमा लाग्नु भएका खिमबहादुर हरेक दिन दूध बिक्री गर्न बजार पुग्नुहुन्छ । ‘गाई, माछा पालेर बसेको छु, फुर्सदको समयमा अब बाँसलाई सदुपयोग गरेर डोको, डालो, छिटुवा बनाउने तयारीमा छु’– खिमबहादुरले भन्नुभयो– ‘घर वरपरकै सामानबाट घरेलु सामान बनाएर आम्दानी हुन्छ भने किन विदेश जाने ?’

    यज्ञ र खिमबहादुरका दाजुभाइ मात्रै होइन डाबर टोलमा नीमा खड्का, हिमा पुन, अस्मिता घर्तीलगायतको ग्रुप तयार गरिएको छ । आ–आफ्नो हिसावले बाँसका सामग्री उत्पादन गर्ने र अनलाइनमार्फत बजारमा पु¥याउने योजना उहाँहरुले बनाउनुभएको छ । यी ६ जनासँगै घोराही उपमहानगरपालिकाका वडा नं. ९, १०, ११ र १२ का २० जनालाई बाँसका सामग्री निर्माण गर्ने सीप सिकाइएको छ । दुई महिना लगाएर सीप सिकाइएको र व्यावसायिकरुपमा सामग्री उत्पादनका लागि चाहिने आरी, हेक्सा व्लेड, इलेक्ट्रिक रन्दालगायतका एक दर्जनबढी औजारहरु पनि घोराही उपमहानगरपालिकाले निःशुल्क उपलव्ध गराएको छ । यो प्रारम्भिक चरण भएकाले उद्यममा लाग्नेहरुलाई पछि स्थानीय सरकारले थप सहयोग गर्ने घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बताउनुभयो । ‘आफ्नै गाउँघरमा पाइने बाँसको सदुपयोग पनि हुने, रैथाने र परम्परागत सामग्रीको संरक्षण पनि हुने उपप्रमुख डिसीले भन्नुभयो– ‘देशभित्रै केही गर्छु भनेर लाग्नेहरुलाई स्थानीय सरकारले सहयोग गर्छ ।’

    लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहयोग तथा घोराही उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा बाँसका रैथाने कला, सीप, कौशलता प्रवद्र्धन गर्र्न दुई महिने सीप सिकाइएको शाखा प्रमुख ईश्वरराज पाण्डेयले जानकारी दिनुभयो ।

    -जेएन सागर, नयाँयुगबोध

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij