२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • शिक्षक सेवा आयोगले माग्यो ६८६ निमावि...
समाचार

शिक्षक सेवा आयोगले माग्यो ६८६ निमावि शिक्षक

शिक्षक सेवा आयोगले माग्यो ६८६ निमावि शिक्षक

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक माग गरेको छ । आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो ।

बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षक माग गरेको छ ।

    आयोगले बिहीबार सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो ।

    जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij