२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • इटहरीको सेन्ट्रल प्लाजामा लागेकाे आगाे ६...
समाचार

इटहरीको सेन्ट्रल प्लाजामा लागेकाे आगाे ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजामा लागेकाे आगाे ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान साढे ९ बजे शुरू भएको आगलागी झन्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो ।

बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • सुनसरी – इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान साढे ९ बजे शुरू भएको आगलागी झन्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम्र प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न पालिकाका १२ वटा दमकल तथा झन्डै तीन सय जनाको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उहाँले बताउनुभयो ।

    के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाण्डाैबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको उद्धार भएको थियो ।

    प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकाहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij