२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • आठ महिनामा नौ खर्ब ८७ अर्ब...
समाचार

आठ महिनामा नौ खर्ब ८७ अर्ब ३९ करोड व्यापार घाटा

आठ महिनामा नौ खर्ब ८७ अर्ब ३९ करोड व्यापार घाटा

चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ।

बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१
  • काठमाडौं  :  चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ। 

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार पछिल्लो आठ महिनामा रू ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको वस्तु आयात भएको छ भने रू एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको छ।

    छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। गत साउनदेखि फागुनसम्म भारतबाट रू छ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ। चीनसँग दुई खर्ब १९ अर्ब १८ करोडको आयात र दुई अर्ब १२ करोडको निर्यात हुँदा रू २१ अर्ब ७० करोडको व्यापार घाटा बेहोरेको छ। 

    साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अष्ट्रेलियालगायतका मुलुकहरूसँग नेपालको व्यापारघाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अष्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

    योअवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले  ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल,  ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रू ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै  नौ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन आयात भएको छ ।

    यो अवधिमा रू २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij