२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • पर्वत रुपन्देही सेवा समाज बुटवलद्वारा २०८२...
समाचार

पर्वत रुपन्देही सेवा समाज बुटवलद्वारा २०८२ सालको क्यालेन्डर विमोचन

पर्वत रुपन्देही सेवा समाज बुटवलद्वारा २०८२ सालको क्यालेन्डर विमोचन

शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • बुटवल । पर्वत रुपन्देही सेवा समाज बुटवल नगर समितिले नयाँ बर्ष २०८२ सालको क्यालेन्डर विमोचन गरेको छ । 

    समाजको केन्द्रीय कार्यालयमा भएको उक्त क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले पर्वत रुपन्देही सेवा समाज दुख र समस्यामा परेका पर्वतेलीहरुको साहरा भएको बताएका छन् । जहाँ दु:ख , समस्या र पिडा छ त्यहाँ पर्वत रुपन्देही सेवा समाज छ भन्दै अध्यक्ष शर्माले बुटवल नगर समितिले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

    उनले " घर-घरमा सदस्य, टोल-टोलमा संगठन" पर्वत रुपन्देही सेवा समाजको  अवधारणा  भएको बताउदै अब संस्था आर्थिक , सामाजिक तथा राजनीतिक रुपान्तरणको लागि समेत अगाडि बढ्ने बताए ।  

    रुपन्देहीका हरेक पालिकाहरुको राजनीतिक तथा सामाजिक सत्ताको नेतृत्व अब पर्वतेलीहरुले लिनुपर्नेमा जोड दिदै अहिलेको बुटवल बनाउन पुर्ब नगर प्रमुख सुर्य प्रसाद प्रधानको योगदानलाई सबैले स्वीकार गर्नु समाजको गौरव भएको बताए ।

    समाजका प्रमुख सल्लाहकार लोक शर्मा बस्यालले समाजले सबैलाई एकजुट गराएको बताए । समाजका संस्थापक अध्यक्ष कृष्ण पराजुलीले रुपन्देही जिल्लामा पर्बत रुपन्देही सेवा समाजले छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

    नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले पर्वत रुपन्देही सेवा समाजले समाजमा बिशेश भुमिका निर्वाह गरेको बताउदै आफ्नो पार्टी सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्ब प्रबक्ता रामप्रसाद रेग्मी , समाजसेवी जीतबहादुर मल्ल , समाजका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई , सचिव बलराम काफ्ले , बरिस्ठ सदस्य टुकलाल न्यौपाने , सैनामैना नगर समिति निवर्तमान अध्यक्ष बिष्णु काफ्ले , ओमसतिया गाउँ पालिका अध्यक्ष अरुणा भुसाल , शालिकराम भट्टराई लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    नगर समिति अध्यक्ष उषा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर सचिव कृष्ण भुसाल दिपले गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij