२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • पर्वत रुपन्देही सेवा समाजको सैनामैना नगर...
समाचार

पर्वत रुपन्देही सेवा समाजको सैनामैना नगर अधिवेशन,अध्यक्षमा तीर्थ भुसाल

पर्वत रुपन्देही सेवा समाजको सैनामैना नगर अधिवेशन,अध्यक्षमा तीर्थ भुसाल

पर्वत रुपन्देही सेवा समाज सैनामैना नगर समितिको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ ।  समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा  उक्त  कार्यक्रम सम्पन्न भएको हो ।

आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • बुटवल। पर्वत रुपन्देही सेवा समाज सैनामैना नगर समितिको तेस्रो नगर अधिबेशन सम्पन्न भएको छ । 
    समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माको प्रमुख आतिथ्यतामा  उक्त  कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त अधिबेशनलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष शर्माले पर्वत रुपन्देही सेवा समाज सबै पर्वतेलीहरुको साझा चौतारी भएको बताए । यो समाज सबैको सुख दु:खको साथी भएको बताउदै समस्यामा परेका पर्वतेलीहरुलाई आवश्यक सहयोग गरिरहेको बताए । 

    रुपन्देहीमा मात्र नभएर पर्वत प्रतिको आफ्नो दायित्व समेत पूरा गरिरहेको बताउदै पर्वत रुपन्देही सेवा समाजको रुपन्देहीमा छुट्टै पहिचान गराउन सफल भएको बताए । 

    रुपन्देहीका प्रत्येक पालिकाहरु तथा प्रत्येक वडाहरुमा समेत संगठन विस्तार गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए ।
    यसैगरी समाजका बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराईले दुख र समस्यामा परेका पर्वतेलीहरुलाई जुनसुकै परिस्थितिमा पनि समाजले सहयोग गरिरहेको बताए । संस्थाका महासचिव टेकराज शर्माले समाजको छातामुनि सबै पर्वतेलीहरुलाई समेट्नु पर्नेमा जोड दिए ।
    उक्त कार्यक्रममा समाजका केन्द्रीय सदस्य धर्मागत बस्याल , नगर समिति सल्लाहकार टिकाराम न्यौपाने ,टेक प्रसाद बस्याल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

    उक्त साधारणसभाको बन्दसत्रमा नगर अध्यक्ष बिष्णु प्रसाद काफ्लेले पेस गरेको प्रतिबेदन अनुमोदन गरिएको थियोे ।
    यसैबीच आजको अधिबेशनले तिर्थ प्रसाद भुसालको अध्यक्ष्ातामा पछि एक सदस्य थप गर्ने गरि  १०  सदस्य नयाँ नेतृत्व चयन गरेको छ । जसमा उपाध्यक्ष धनश्याम बस्याल , सचिव कृष्ण प्रसाद बस्याल ,कोषाध्यक्ष जमुना काफ्ले , सहसचिव सीता तिवारी ,सदस्यहरुमा बद्रीरमण पराजुली ,दण्डपानी भुसाल ,गोविन्द पौडेल ,अप्सरा तिवारी ,यमलाल काफ्ले तथा लेखा संयोजक टेक प्रसाद बस्याल ,सदस्यमा भोजराज न्यौपाने ,तिला काफ्ले चयन भएका छन् । 
    प्रत्येक पालिकाहरुको  अधिबेशन सकेपछि केन्द्रीय समितिको अधिबेशन हुने केन्द्रीय सदस्य धर्मागत बस्यालले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij