२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • सुर्यज्योति लाइफ इन्स्योरेन्सका TOT बिजेता कमल...
समाचार

सुर्यज्योति लाइफ इन्स्योरेन्सका TOT बिजेता कमल घिमिरेद्वारा धन्यवाद ज्ञापन कार्यक्रम

सुर्यज्योति लाइफ इन्स्योरेन्सका TOT बिजेता कमल घिमिरेद्वारा धन्यवाद ज्ञापन कार्यक्रम

सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • जीवन वीमा क्षेत्रका प्रतिष्ठित ब्यक्तित्व अन्तरास्ट्रिय स्तरको सम्मान विजेता सुर्यज्योति लाइफ इन्स्योरेन्स बुटवल पाल्पारोड  शाखाका स्टार एजेन्सी मेनेजर कमल घिमिरेले धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेका छन् ।

    बारम्बार MDRT तथा TOT विजेता घिमिरेले आफ्नो वीमा क्षेत्रमा सहयोग गर्ने वीमा अभिकर्ता तथा लुम्बिनी प्रदेशका प्रमुख रिजनल म्यानेजर प्रायः सबै शाखा  कार्यालयका प्रमुखहरु ,कर्मचारीहरु तथा विभिन्न किसिमले सहयोग पुराउने सहयोगीहरुलाई सम्मान गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेका हुन ।

    उक्त सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन  गर्दै  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड ,परिक्षा व्यवस्थापन कार्यालय  गण्डकी प्रदेशका पुर्ब निर्देशक दिपेन्द्र ढकालले कमल जुनसुकै क्षेत्रमा पनि सफल हुने   बहुमुखी प्रतिभाका धनि  हुनुका साथै वीमा क्षेत्रका एक नक्षत्र भएको बताए ।
     कमल सबैका प्रेरणाका स्रोत भएको कारण हामीहरु सबैले कमल र कमलको कर्मलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । वीमाको महत्त्व बुझाएर सबैलाई वीमाको पहुँचमा पुराउन सफल ब्यक्तित्व घिमिरे  दिमागमा बैज्ञानिकता र हृदय मा आध्यात्मिकता भएको एक असाधारण ब्यक्ती भएको बताए ।
    वीमा क्षेत्रमा मात्र नभएर कृषि तथा शिक्षा क्षेत्रमा  समेत कमल घिमिरेले ठुलो योगदान पुराएको चर्चा गर्दै प्रमुख अतिथि ढकालले घिमिरेबाट सबैले शिक्षा लिनुपर्नेमा जोड दिए । 

    यसैगरी विशिष्ट अतिथि मुक्तिनाथ धाम बुटवलका संरक्षक स्वामी लोकानन्दले कमल कर्मयोग बुझेको साधक कर्मको पुजारी भएको बताउदै कमल साच्चिकै हिलोमा फुल्ने कमलस्वरुप भएको बताए । लुम्बिनि प्रदेस मुख्यमन्त्री जनसम्पर्क सल्लाहकार डा राम बहादुर राउतले कमलले बिभिन्न क्षेत्रमा गरेको अभुतपुर्ण कार्यले आफुलाई आसर्य चकित बनाएको तथा आफ्नो जिवन बिमा सम्बन्धि अभिरुचि पनि कमल कै कारण जागृत भएको बताएका थिए।
    यसैगरी सुर्यज्योति लाइफ कम्पनी लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख प्रेम अर्यालले कमल घिमिरेले वीमा क्षेत्रमा अतुलनीय सहयोग पुराएको बताउदै घिमिरेलाई सहयोग गर्न कम्पनी तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 
    सोही कार्यक्रममा कमल घिमिरेका दाजु यमलाल घिमिरे , भैरव नवदिप का प्र अ झलक रायमाझी स्टार एजेन्सी म्यानेजर कल्पना शिवाकोटी मेजर नरेश अर्याल सामजिक अभियान्ता टिकाराम पोखरेल बुटवल पाल्पारोड शाखाका शाखा प्रमुख  खेम थापा लगाएतले कमल अबिछिन्न अबिचलित कर्मको प्रयाय भएको हुदा आफुहरुलाई गर्ब महसुस भएको बताउदै थप प्रगतिको लागि शुभकामना व्यक्त गरे ।

    उक्त अवसरमा कार्यक्रम आयोजक घिमिरेले अतिथि तथा सहभागीहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेका थिए ।
    पाल्पाको रैनादेवीछहरा जन्मिएका घिमिरे ०७४ सालमा तत्कालीन सुर्यलाइफ इन्स्योरेन्समा प्रवेश गरेका थिए ।

    शुरुमा शिक्षकको रुपमा महाकली मा बि मा  १० बर्ष अध्यापन गराएका घिमिरे अहिले वीमा क्षेत्रमा देशकै नमुना बनेका छन् भने पाल्पा जिल्लामा सुन्तला खेती मार्फत कृषि क्रान्तिको नया बिगुल फुक्न सफल भएका कमल एक युवा सफल ब्यबसायी को रुपमा समेत अगाडी बढेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij