२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपाले एकहजार स्याउ रोप्ने, जुम्ला पुगे...
अर्थ-उत्पादन

नेकपाले एकहजार स्याउ रोप्ने, जुम्ला पुगे महासचिव विप्लव सी

नेकपाले एकहजार स्याउ रोप्ने, जुम्ला पुगे महासचिव विप्लव सी

नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी स्याउ रोप्न दोस्रोपटक पुगेका छन्। स्याउका बिरुवा रोप्न विप्लव नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरासहितका नेकपा नेता-कार्यकर्ता आइतबार जुम्ला आइपुगेका हुन्।

सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी स्याउ रोप्न दोस्रोपटक पुगेका छन्। स्याउका बिरुवा रोप्न विप्लव नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरासहितका नेकपा नेता-कार्यकर्ता आइतबार जुम्ला आइपुगेका हुन्। 

    उक्त टोलीले हिमा गाउँपालिका–७, धाँचुगाउँको धौलापानी भन्ने ठाउँमा एक हजार स्याउका बिरुवा रोप्नेछ। स्थानीय कृष्णकौरा शाहीको १४ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गा २० वर्ष लिजमा लिएर स्याउका बिरुवा रोप्न थालिएको हो।

    उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी उत्पादन बढाउने लक्ष्य रहेको विप्लवले बताए। उनले भने, ‘देशभर हामीले नेता(कार्यकर्तालाई उत्पादनमा जोड्ने उद्देश्य हो। कृषि क्रान्ति चलिरहेको छ। देशभर डेढ सय बिघा जमिनमा खेती गरिरहेका छौँ। जुम्लामा पनि स्याउ, ओखर खेती गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष पनि एक हजार बिरुवा रोपेका छौँ। दोस्रोपटक पनि एक हजार बिरुवा रोप्ने जमर्को गरेका छौँ। 

    20250223_103433-1024x577.jpg
    postpati 

    कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीतिअनुसार अघिल्लो वर्ष हिमा गाउँपालिका–७ हडुल्यामा रहेको बाँझो जग्गामा बृहत् स्याउखेती गरिएको पार्टी जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीले बताए। उनले भने, ‘कृषि उत्पादनले मात्रै देश उँभो लाग्ने भएकाले किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर हुने उद्देश्यसहित हिमाली जिल्ला जुम्लामा हावापानी सुहाउँदो स्याउखेतीको सुरुवात गरिएको हो।’

    नेकपा दलित मुक्ति मोर्चा कर्णाली प्रदेश कोषाध्यक्ष मंगला विकले व्यक्तिगत रूपमा एक सय स्याउका बिरुवा सहयोग गरेकी छिन्। उनले अघिल्लो वर्ष पनि नेकपाको स्याउ रोप्ने कार्यक्रममा यस्तै स्याउका बिरुवा सहयोग गरेकी थिइन्। उनले भनिन्, ‘हरेक नागरिक होस् राजनीतिज्ञ होस् उत्पादनमा जोडिनुपर्दछ। त्यसकारण पनि यो उत्पादनसँग जोडिने कार्यक्रम निकै उत्तम छ।’ 

    -नयाँपत्रिका
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij