२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

धरानमा केबलकार पक्षधर पदम लिम्बुलाई कालोमोसो

धरानमा केबलकार पक्षधर पदम लिम्बुलाई कालोमोसो

पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलेका छन् ।

आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • धरान । पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्नुपर्ने पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा नो केबलकार समूहले एक व्यक्तिलाई कालोमोसो दलेका छन् ।  धरान–९ हङकङ होटलभित्र थाक्थुम चुम्लुङ केन्द्रीय कार्यसमितिको पत्रकार सम्मेलनका क्रममा मुकुम्लुङ संघर्ष समितिका नेताहरुले याक्थुम चुम्लुङ केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदम लिम्बू मावोलाई कालोमोसो दलिएको सूचना पाएको सुनसरी प्रहरीले जनाएको छ । 

    उक्त घटना आइतबार दिउँसो साढे १ बजे भएको हो । घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले दुवै पक्षलाई सम्झाइ बुझाइ गरेर पठाएको जनाइएको छ । घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गरेको छैन । ताप्लेजुङ घर भएका मावोलाई केबलकार निर्माण कम्पनीका प्रमुख चन्द्र ढकालबाट कमिसन खान खोजेको भन्दै संघर्ष समितिले आक्रमण गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij