२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • राजनीति
  • जनयुद्ध निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन...
जनयुद्ध दिवस

जनयुद्ध निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन हो : प्रकाण्ड

जनयुद्ध निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन हो : प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले जनयुद्ध जनताले अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन भएको बताएका छन् ।

शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले जनयुद्ध जनताले अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन भएको बताएका छन् ।

    जनयुद्धलाई हेर्ने र बुझ्ने कुराधमा संसदवादी पार्टीहरुको द्वैत चरित्र देखिएता पनि हाम्रो नजरमा जनयुद्ध जनताले आफ्नो अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन रहेको उनलेे बताए ।
    जनयुद्धको ३० औं बर्ष प्रवेशको सन्दर्भमा नेकपा काठमाडौ जिल्ला समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन् ।

    “माओवादी जनयुद्ध जनताले आफ्नो अधिकारका लागि निस्वार्थ ढङ्गले गरेको बलिदानीपूर्ण आन्दोलन हो, जनयुद्धले गर्दा नै राजतन्त्र र सामन्तवाद ढलेर गणतन्त्र आएको हो”-प्रवक्ता प्रकाण्डले भने- ” जनयुद्धले स्थापित गरेका उपल्ब्धीहरुको उपभोग गर्ने तर जनयुद्धलाई हिंसात्मक भन्ने कुरा संसदवादी पार्टीका नेताहरुको दोहोरो चरित्र हो ।”

    शुभकामना आदानप्रदानको क्रममा प्रवक्ता प्रकाण्डले नेपालमा जनयुद्ध नभएको भए देशमा अहिले पनि राजतन्त्र र सामन्तवाद सत्तामा रहिरने र संसदवादी पार्टीहरु राजासङ्ग घाँटी जोडेर जनतामाथी शासन गरिरहेका हुन्थे भन्दै जनयुद्ध नेपाली इतिहासको सबभन्दा उच्च र गौरवशाली विद्रोह भएको बताए ।

    कैयौं सहयोद्दा, आफन्त र कमान्डरहरु गुमाएर आएको माओवादीका लागि फागुन १ गते निकै संवेदनशील र भाबुक क्षण भएको उल्लेख गर्दै उनले यदि समाजमा जबर्जस्त शोषण र दमनको शासन थुपार्ने गरिन्छ भने त्यसविरुद्ध जनताले विद्रोह गर्न सक्छन् र पाउँछन् भन्ने कुरा जनयुद्धले गर्दा नै स्थापित हुन पुगेको प्रकाण्डको भनाइ थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij