नेकपा गुल्मीले जिल्लाको विभिन्न स्थानहरुमा जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका ठूलो लुम्पेक, गुलम्दी, धुर्कोटको बर्बोटमा दीप प्रज्वलन गरेको हो । जनयुद्ध ३० बर्ष प्रवेश गरेको अवसरमा दीप प्रज्वलन तथा व्यानर उत्सव गरेको हो ।
जिल्ला सदरमुका तम्घास, धुर्कोट, सत्यवतीका विभिन्न स्थानहरुमा जनयुद्धको शुभकामना व्यानर टाँसेर उत्सव मनाएको छ ।
जनयुद्ध दिवसको अवसरमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेस्थित निन्युखर्क माविका १६० जना विद्यार्थी र जीवन निर्माण आधारभूत बिधालय भर्लाकका ५६ जना बिद्यार्थीलाई पार्टीद्वारा कापीकलम, किताब र चकलेट वितरण कार्यक्रम ।
उक्त कार्यक्रममा नेकपा गुल्मीका सचिवालय सदस्यद्व्य क बाबुलाल सी र शीतल सी, बिधालयका प्रअद्व्य कृष्ण बिस्ट र दिपक श्रीस, शिक्षक कर्मचारी र अभिभावक को सहभागिता रहेको थियो । कार्यक्रममा क।शीतल सीले सम्बोधन गर्नुभएको थियो ।
