२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • जनयुद्धको सपना पुरा भएको छैन :...
जनयुद्ध दिवस

जनयुद्धको सपना पुरा भएको छैन : दिल साहनी

जनयुद्धको सपना पुरा भएको छैन : दिल साहनी

जनयुद्धले देशको कुनाकाप्चा हल्लायो । विभिन्न जातजाति, भूगोल, समुदाय, क्षेत्रमा नयाँ जागरण पैदा गरेको थियो । समाजमा वर्गहरु भएककै कारण जनयुद्ध भएको थियो ।

शुक्रवार, फाल्गुण २ २०८१
शुक्रवार, फाल्गुण २ २०८१
  • हर्कबहादुर मान्छे हो कि होइन भनेर कसैले सोध्यो भने अदालतले हर्कबहादुर मान्छे होइन भनेर फैसला गर्न सक्छ । 
    जनयुद्धलाई दवाउन एमाले र कांग्रेसले सबै शक्ति प्रयोग गरेकोले उसले यसलाई स्वीकार गर्न गाह्रो हुनु स्वभाविक हो । त्यसलाई अन्यथा लिनुहुँदैन ।

    जनयुद्धले देशको कुनाकाप्चा हल्लायो । विभिन्न जातजाति, भूगोल, समुदाय, क्षेत्रमा नयाँ जागरण पैदा गरेको थियो । समाजमा वर्गहरु भएककै कारण जनयुद्ध भएको थियो । जनयुद्ध नभएको भए आजको परिवर्तन सम्भव थिएन । राजतन्त्रको अन्त्य हुने पनि थिएन । जनयुद्धले हरेक क्षेत्रमा परिवर्तन ल्याएको छ ।

    आजको गणतन्त्रको जग पनि जनयुद्ध थियो । तर अहिले जनयुद्धको सपना पुरा भएको छैन । जनताले जुन आकांक्षा राखेका थिए त्यो पुरा हुन बाँकी छ । सहिद र बेपत्ता घाइतेहरुको सपना पुरा भएको छैन । तर आज जनयुद्धबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई रक्षा गर्दै जनयुद्धको बाँकी लक्ष्यमा पुरा गर्नुपर्छ । 

    माओवादी धारहरुबीच एकता हुनुपर्छ तर त्यो विचारको आधारमा हुनुपर्छ । विचारको निकै ठूलो महत्व छ । विचारविनाको एकताको अर्थ छैन । अन्त्यमा जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij