जनयुद्धबाट मधेसले के पायो ? मधेशले जनयुद्धमा ठूलो योगदान गरेको छ । जसको परिणाम अहिले देशमा गणतन्त्र आएको छ । नेपालको जुनसुकै परिवर्तनमा मधेशको भूमिका बिना अधुरो हुन्छ । जनयुद्धकालमा मधेश र पहाडको सम्बन्ध असाध्यै राम्रो थियो । वर्गीय नाता थियो । मधेशी र आदिबासीहरु तथा धर्तीपुत्रहरु एक हुनुपर्छ ।
राज्यसत्ता प्राप्तिका लागि सहकार्य र मोर्चा बनाएर लड्नुपर्छ । महिलाहरु सेना पुलिसमा हुनु जनयुद्धको उपलब्धि हुन् । तर आधारभूत वर्गले अहिलेसम्म पनि अधिकार प्राप्ति गरिसकेको छैन । छरिएर रहेका माओवादीहरु नयाँ नेपाल निर्माणका लागी एक हुनुपर्ने आजको आश्यकता हो तर त्यो देश र जनतालाई र क्रान्तिलाई केन्द्रमा राखेर गर्नुपर्छ । राजनीतिक क्रान्ति नगर्दासम्म देशले मुक्ति पाउँदैन ।
