नेकपा महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दिएको शुभकामना सन्देशकाे पूर्ण पाठ–
हामी महान जनयुद्ध ३०औ दिवसको सुअवसरमा छौं । यस सुखद अवसरमा हाम्रो जनप्रिय पार्टी देश विदेशमा रहेका आदरणीय आमा-वा, दाजुभाइ—दिदिवैनी, छोराछोरी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ । जनयुद्ध एवं एकीकृत जनक्रान्तिमा साहदत प्राप्त गर्ने महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली, वेपत्ता तथा घाइते योद्धाप्रति उच्च सम्मान, परिवारजनमा संवेदना व्यक्त गर्दछ ।
जनयुद्धले हामीलाई गणतन्त्रसम्म ल्याएको छ । परन्तु गणतन्त्र जनताको बन्न सकेको छैन । जसको कारण जनयुद्धमा वलिदान, त्याग र योगदान गर्ने आम श्रमिक जनताले अझै पनि गरिबी, विभेद, उत्पीडनबाट उन्मुक्ति पाउन सकेका छैनन् । देशले साम्राज्यवादीहरुको हैकम, हस्तक्षेपबाट स्वाधीनता छुटकरा पाएको छैन । अस्थिरता, अन्यौंलता, अराजकता, संकट व्याप्त छ । दलाल पुँजीवादी सत्ता र जनताका बीचमा संघर्ष चलिरहेको छ ।
हाम्रो जनप्रिय पार्टी जनताको गणतन्त्र समाजवादी गणतन्त्रका लागि संघर्ष गरिरहेको छ । कैयौं भ्रम र अन्यौंलताबाट मुक्त हुँदै जनता अर्को नयाँ क्रान्तिको लागि तयार हुँदै गएका छन् । सत्तासिन वर्ग एवं शासकहरुले जतिनै धाकधम्कि दिए पनि समाजावदी आँधीलाई रोक्न सम्भव छैन । शान्ति, स्थिरता, स्वाधीनता, समानताका लागि समाजवाद अपरिहार्य आवश्यकता बनिसकेको छ । आउँदो दशक समाजवादीमय बन्ने निश्चित छ ।
जनयुद्ध दिवसको अवसरमा हामी समाजवादी मोर्चाका सहयात्री पार्टीहरु, समाजवाद पक्षधर मित्र पार्टी एवं व्यक्तित्वहरुलाई एकता र मोर्चाका लागि अपिल गर्दछौं । आम नागरिकहरुलाई देशको अग्रगमनका लागि एकतबद्ध भएर अगाडि बढ्न विशेष आग्रह गर्दछौं । अन्तमा नेपाली जनताको महान मुक्ति पर्वमा देश विदेश सबैतिर हर्षउल्लासका साथ सहभागि बन्न साथै नयाँ विजयप्रति प्रतिबद्ध बन्न आह्वान गर्दछौं ।
