२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
जनयुद्ध दिवस

नेकपाले घोराहीमा बनायो जेब्रा क्रसिङ

नेकपाले घोराहीमा बनायो जेब्रा क्रसिङ

नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार  घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो । घोराहीको मुख्यचोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पै

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • घोराही । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार  घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो ।

    घोराहीको मुख्यचोक तुलसीपुर चोकमा बनाइएका जेब्रा क्रसिङ मेटिएसँगै पैदल यात्रुहरूलाई आवातजावत समस्या भएको भन्दै जेब्रा क्रसिङ बनाइएको नेकपाका घोराही नगर इञ्चार्ज पाटन सीले बताए । उनले सडकमा जेब्रा क्रसिङ मेटिदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेको र त्यसले  दुर्घटना निम्त्याउन सक्ने भन्दै पार्टीले जनयुद्ध दिवसको अवसरमा जेब्रा क्रसिङ बनाएको कुरामा जोड दिए । सडकमा बनाइएका जेब्रा क्रसिङ बिस्तारै मेटिएर गएपनि सम्बन्धित निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम बढ्ने भएको हुँदा पार्टीको सामाजिक कार्यअन्तर्गत सडक जेब्रा क्रसिङ बनाएको उनको भनाइ छ ।

    पार्टीका इञ्चार्ज पाटन सीले फागुन १ गते ३० औं महान जनयुद्ध दिवस मनाउन लागेको र दिवसकै अवसरमा सामाजिक कार्यअन्तर्गत घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको बताए । जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गर्ने र फागुन १ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा जनयुद्ध दिवस मनाउन लागेको समेत जानकारी दिए ।

    पार्टीले सडकमा बनाउन लागेको जेब्रा क्रसिङमा ट्राफिक प्रहरीले समेत साथ दिँदै जेब्रा क्रसिङ नहुँदाको समस्या  पैदलयात्रुहरुलाई मात्रनभएर आफूहरूले भेगेको बताएका थिए ।

    घोराही बजारका मुख्य चोकहरुमा जेब्रा क्रसिङ मेटिदै जाँदा पैदल मार्गबाट हिड्ने पैदलयात्रुहरुले जोखिम मोलेर आवतजावत गर्ने गरेका थिए  । जेब्रा क्रसिङ बनेसँगै अबदेखि पैदलयात्रुलाई कहाँबाट बाटो काट्ने भन्ने समस्याको समाधान भएको र यसले सडकमा हुने दुर्घटनालाई न्यूनीकरण गर्नेछ । आज दिउँसो करिब एकबजे पार्टीका नेताकार्यकर्ताहरु जेब्रा क्रसिङ बनाउन सडकमा पुगेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij