तम्घास । समाजवादी मोर्चा गुल्मीको दोस्रो बैठक तम्घासमा सम्पन्न भएको छ । बैठकले नेकपा जिल्ला इन्चार्ज खोमा सीलाई संयोजक चयन गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तेजेन्द्र सलामी मगर, जिल्ला सचीव अशोक थापा, नेकपाका जिल्ला इन्चार्ज खोमा सी, जिल्ला सचिवालयद्वय सदस्य तारा सी र बाबुलाल सी, नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज प्रमेश पोखरेल र जिल्ला सचीव सुरेन्द्र कँडेल, जिल्ला सदस्य बालकृष्ण बरालको उपस्थिति थियो ।
बैठकले समाजवादलाई बैचारिक आधार मान्ने अन्य राजनीतिक दल, समूह र बुद्धिजीवीहरूसित छलफल र बहसलाई फराकिलो पार्दै जाने, सरकारले जारि गरेको अध्यादेशको विरोध गर्ने, जिल्लामा भइरहेको विकास निर्माण र प्रशासनिक क्षेत्रमा भएको बिसंगतिहरू विरूद्व संघर्ष गर्ने, छत्रकोट गाउँपालिकाको श्रङ्गा माविको परिक्षा केन्द्र सारिएकोबारे अध्ययन गरि पहलकदमी लिने निर्णय गरिएको संयोजक खोमा सीद्वारा हस्ताक्षरित बक्तब्यमा उल्लेख गरिएको छ ।
