२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेकपा  रुपन्देहीद्वारा  भैरहवामा प्रशिक्षण सम्पन्न  "समाजवादी...
समाचार

नेकपा  रुपन्देहीद्वारा  भैरहवामा प्रशिक्षण सम्पन्न  "समाजवादी गणतन्त्र अबको आवश्यकता ": प्रज्वलन सी

नेकपा  रुपन्देहीद्वारा  भैरहवामा प्रशिक्षण सम्पन्न  "समाजवादी गणतन्त्र अबको आवश्यकता ": प्रज्वलन सी

शनिवार, माघ २६ २०८१
शनिवार, माघ २६ २०८१
  • बुटवल  । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले रुपन्देहीको भैरहवामा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
    जिल्लाका   दक्षिणी भागहरु   सिर्द्धार्थ नगरपालिका , रोहिणी गाउँपालिका , ओमसतिया गाउँपालिका , मायादेवी गाउँपालिका , गैडवा गाउँपालिका लुम्बिनी सस्कृतिक नगरपालिका , मर्चबारी गाउँपालिका , समरिमाई गाउँपालिका , कोटैमाई  गाउँपालिकाका पार्टी सदस्य तथा कार्याकर्ताहरुलाई समेटेर  प्रशिक्षण दिइएको थियो ।

    पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    जिल्लाका  सयौं अगुवा कार्यकर्ता सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बसन्त सीले  नेपालको गणतन्त्रलाई दलाल , पुजीपति तथा  भ्रष्टहरुले कब्जा गरेको कारण पुनः नयाँ खालको आन्दोलन जरुरी रहेको बताउनु भयो । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रको लागि जुनसुकै मोर्चाबाट समेत लडाइँ लड्न पार्टी तयार रहेको बताउनु हुदै सहिदको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

     यसैगरी प्रमुख अतिथि बसन्त सीले  कम्युनिस्टहरु सबै परिस्थितिको सामना गर्न तयार रहनुपर्ने बताउनु हुदै भारत लगाएत बिश्वका कम्युनिस्ट आन्दोलनहरुबाट समेत शिक्षा लिइ अगाडि बढनु पर्नेमा जोड दिनु भयो । 
    पार्टीको पछिल्लो केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय भएको बताउदै भ्रष्ट दलाल सत्ताको भण्डाफोर निर्वाचनको माध्यमबाट गर्नुपर्ने र मुलुकलाई समाजवादमा रुपान्तरण गर्न सबै देशभक्त र कम्युनिस्ट शक्तिहरु एकजुट हुन आह्वान गर्नु भयो । 

    यसैगरी सोही प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य शरद सीले  नेपाल कम्युनिस्ट पार्टी गरिव जनताको पार्टी भएको बताउनु हुदै स्थानीय सत्ताहरुमा हस्तक्षेप गर्ने चेतावनी दिनु भयो । यसैगरी स्थानीय सत्तामा हुने अनियमितता तथा भ्रष्टाचारहरुको  भण्डाफोर गर्नुपर्नेमा जोड दिदै रुपन्देही जिल्लामा गर्ने संगठन बिस्तार तथा संघर्षका योजनाबारे स्पष्ट पार्नु भयो । 
    यसैगरी उक्त प्रशिक्षण कार्यक्रममा समाजवादी मधेसी मुक्तिमोर्चाका अध्यक्ष विनोद सीले मधेस आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी तथा मधेसी जनताहरुले ठुलो बलिदानी गरेको बताउनु भयो । यसैगरी सोही प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिश्वास सीले पार्टीले उत्पादनमा जोड दिएको र उत्पादनका आगामी कार्यक्रमबारे प्रकाश पार्नु भयो । उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवीन सी ,उषा सी ,शंकर सी ,राजु सी लगाएतले मन्तव्य राख्नु भएको थियो । 

    पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सिनपा इन्चार्ज योगेन्द्र सीले गर्नु  भएको थियो । उक्त अवसरमा  विभिन्न पार्टीका एक दर्जन नेता तथा कार्याकर्ता नेकपामा प्रवेश गरेका थिए ।

    पार्टीले हिजो मात्र पनि बुटवलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । पार्टीका रुपन्देही  जिल्ला सेक्रेटरी बिरेन्द्र सी का अनुसार केन्द्रीय समितिको निर्णय र योजना अनुसार संगठन बिस्तार तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij