बुटवल । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा मंगल भवनको शिलान्यास गरेका छन् ।
भोलिबाट उक्त मुक्तिनाथ धाममा शुरुआत हुने श्रीमद्भागवत मुक्तिनाथ महायज्ञको पुर्बसन्धयामा आज आयोजित एक कार्यक्रममा उक्त भवनको शिलान्यास गरेका हुन ।
भवनको शिलान्यास कार्यक्रम अगाडि उपप्रधानमन्त्री पौडेलले मुक्तिनाध धाममा पुजा अर्चना समेत गरेका थिए ।
उक्त मंगल भवनको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले निर्धारित समयमा भवन बन्ने र पैसाको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री लिला गिरी ,बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे , पुर्ब उपप्रमुख गोमा देवी आचार्य , वडा अध्यक्ष डिल्लीराम आचार्य ,नरिश्वर शर्मा पौडेल , समाजसेवी गोपाल राना , विभिन्न राजनीतिक दलका नेताहरु तथा धर्म गुरुहरुको समेत सहभागीता रहेको थियोे ।
