२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • लुम्बिनी प्रादेशिक अस्पतालका  बरिस्ठ फिजिसियन डाक्टर...
समाचार

लुम्बिनी प्रादेशिक अस्पतालका  बरिस्ठ फिजिसियन डाक्टर पाठकलाई मेडिकल  हिरो अवार्ड

लुम्बिनी प्रादेशिक अस्पतालका  बरिस्ठ फिजिसियन डाक्टर पाठकलाई मेडिकल  हिरो अवार्ड

डाक्टर पाठक लुम्बिनी प्रादेशिक अस्पताल तथा बुटवल हस्पिटल प्रालिमा कार्यरत छन् । बरिस्ठ फिजिसियन  पाठक विरामीहरुका लागि यस क्षेत्रका भगवान् नै सावित भएका छन् ।

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • रुपन्देही । बुटवलका  बरिस्ठ फिजिसियन डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । 

    रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रमको अवसरमा डा. पाठकलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।

    जेसिजले डा. पाठकलाई मेडिकल हिरो अवार्ड सहित सम्मान गरेको हो । उनले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्ष चिकित्सा विधामा चिकित्सा नायक पुरस्कार (मेडिकल हिरो अवार्ड)बाट सम्मान गरेको जनाएको छ ।
    डा. पाठकलाई तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेल, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अवार्ड सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
    डाक्टर पाठक लुम्बिनी प्रादेशिक अस्पताल तथा बुटवल हस्पिटल प्रालिमा कार्यरत छन् । बरिस्ठ फिजिसियन  पाठक विरामीहरुका लागि यस क्षेत्रका भगवान् नै सावित भएका छन् ।

    कोभिट १९ , कोरोना कालको अवधिमा समेत निर्भीक रुपमा विरामीहरुलाई सेवा प्रदान गरि बचाएका डाक्टर पाठकले यस अघि पनि राज्य  तथा विभिन्न संघ संस्थाको तर्फबाट संमान पाइरहेका छन् । उपचारको लागि अस्पताल आउने प्रायः विरामीहरुको रोजाइमा पर्ने डाक्टर पाठक यस क्षेत्रकै सबैभन्दा लोकप्रिय तथा अनुभवी  डाक्टरको रुप चर्चित मानिन्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij