२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीको...
समाचार

नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीको बैठक सम्पन्न

बिहिवार, माघ १७ २०८१
बिहिवार, माघ १७ २०८१
  • रुपन्देही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर समितिको पुर्ण बैठक सम्पन्न भएको छ ।

    नेकपा केन्द्रीय सदस्य शरद सीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
    उक्त बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि शरद सीले नेपाल कम्युनिस्ट पार्टी कृषि उत्पादन सँगै  संगठन सुदृढीकरण अभियान लागेको बताउनु भयो ।  केन्द्रीय कमिटी तथा प्रदेश कमिटीको निर्णय अनुसार प्रत्येक वडासम्म संगठन बिस्तार अभियानलाई तीव्रता दिदै स्थानीय स्तरमा जनताका समस्याहरु समाधानको लागि काम गर्न नगर कमिटीलाई निर्देशन दिनु भयो । 
    नेपाली बिशेषताको समाजवाद स्थापनाको  निम्ति पार्टीले चुनावलाई उपयोग गर्ने निति लिएको स्पष्ट पार्दै पार्टीका बिचारहरु जनता सँग लैजान र सुझाव लिन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । 
    रुपन्देही जिल्ला कमिटी सदस्य तथा तिलोत्तमा सेक्रेटरी प्रज्वल सीको अध्यक्ष्ातामा सम्पन्न पुर्ण बैठकमा केन्द्रीय प्रतिनिधि सदस्य विज्ञान सी ,  केन्द्रीय प्रतिनिधि सदस्य तथा तिलोत्तमा नगर इन्चार्ज राजु सी , जिल्ला कमिटी सदस्य लक्ष्मी सी ,खेम सी ,जीवन सी ,टेकबहादुर सी , माया सी लगाएतको उपस्थिति रहेको थियोे ।

    यसैगरी आजको बैठकले नगर कमिटीमा तीन जना सदस्य थप गर्ने निर्णय समेत गरेको छ भने चन्द्रकला रसाइली ,कमल पाण्डे ,गोबिन्द सी , रङ्गिलाल सीलाई नगर सल्लाहकारमा  चयन गरिएको छ ।

    पछिल्लोपटक सामुहिक  उत्पादनमा जोड दिदै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले चुनावको उपयोग गर्ने निर्णय गरे सँगै राजनीतिक क्षेत्र समेत तरंगित बनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij